
धादिङ,खनियाबास।उत्तरी धादिङको खनियावास गाउँपालिका वडा न–०३ स्थित कुरी गाउँ भन्दा केही तल सिँढी हुँदै ओर्लिदा खेतआइपुग्छ। खेतका गराहरू र कान्लामा ठूला–ठूला ढुङ्गाको लस्कर देखिन्छन्। ठूला–चाक्ला पाटाका माझामाझ ठूला–ठूला ढुङ्गाहरूकहाँदेखि आइपुगेका हुन्, भन्ने कुराले दिमाग रन्थनाउँछ।
अझ दिमाग रन्थनाउने कुरा के छ भन्दा सोही खेतको ठ्याक्कै माझमा एउटा ठूलो ढुङ्गा ठिङ्ग उभिएको छ (आइसोलेटेड ढुङ्गा)।पहाडसँग काँध साटेर या पहाडसँग टाँसिएर विभिन्न खोला तिर एवम् पहाड फेदीमा ठूला–ठूला ढुङ्गाहरू देखिने भएता पनि आइसोलेटेडरूपमा यसप्रकार ढुङ्गा उभिएको दृश्य देख्न मुस्किल छ।
नमस्ते अर्थात् त्रिभुज आकारको दृश्यमा देखिने उक्त ढुङ्गालाई स्थानीयवासीहरू बिजुलुङ ढुङ्गा (याब्रा युङ्बा) भनेर बोलाउने गर्दछन्।बिजुलुङ बिजुली र लुङ शब्द मिलेर बनेको हो। बिजुलीको अर्थ बिजुली चरा (अर्थात् फिस्टे चरा) र लुङको अर्थ ‘ढुङ्गा’ भन्ने हुन्छ।फिस्टो नेपालमा पाइने सानो चराको नाम हो।
धेरै वर्ष पहिला एउटा बिजुली नाम गरेको चराले उक्त ढुङ्गालाई सिङ्ल्हदेवी (सिङल्ह लेक)तर्फ लाग्दै गर्दा उक्त स्थानमा एउटा रुखकोहाँगोमा नाम्लो अड्किएपश्चात् यस खेतमा झर्न पुगेको जनविश्वास छ। बिजुली चराले यस स्थानमा ढुङ्गा खसालेको (छोडेको) हुनालेत्यस ढुङ्गाको नाम बिजुलुङ युङ्बा (याब्रा युङ्बा) रहेको किम्बदन्ती पाइन्छ।