

Screenshot
काठमाडौं । काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पूर्तिको विषय अहिले सर्वत्र चासो र चर्चाको विषय बनेको छ ।प्रशासकीय अधिकृत नपठाएको भन्दै बालेनले फेसबुकमै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध स्टाटस लेखिरहेका छन् ।
पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेको ‘भ्यू टावर’को नक्सा स्वीकृत गर्दा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोजगुरागाईँमाथि बालेनले छानबिन समिति बनाएर कारवाही प्रक्रिया थालेका थिए । छानबिन जारी रहेको अवस्थामा उनले अर्कोप्रशासकीय अधिकृत पठाइदिन संघीय तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरे । तर, सरकारले पहिले गुरागाईंको विषयटुंगिनुपर्ने भनेर अर्को प्रशासकीय अधिकृत पठाएको छैन ।
सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गुरागाईंमाथि भएको छानबिनको प्रतिवेदन मागेको समाचार सोमबार बाहिरिएको छ । उपमेयरसुनिता डंगोलले समेत मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन् ।
बालेनले नै बुझ्न मानेनन् प्रतिवेदन
प्रतिवेदन लुकाइएको आरोपपछि बालेनले मंगलबार हिजो लामो स्टाटस लेखेर प्रतिवेदन तयार नै नभएको जिकिर गरेका छन् ।
‘लुकाउनलाई त हुनु पर्यो नि, होइन ? रिपोर्ट बनेकै छैन, लुकाइयो भन्ने भ्रम फैलाइन्छ,’ उनको भनाइ छ ।
तर, बालेन आफैँले बनाएको छानबिन समितिको प्रतिवेदन उनैले बुझ्न नमानेको खुलेको छ ।
बालेनले सुरूमा पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा छानबिन समिति बनाएका थिए । तर, पौडेलले बस्न अस्वीकार गरेपछिपूर्वसचिव शंकरप्रसाद पाण्डेलाई जिम्मेवारी दिइयो । समिति सदस्यमा सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारी रमहानगरकै कानूनी सल्लाहकार महेश नेपाल सदस्य छन् ।
समितिलाई एक महिनाको समय दिइएको थियो । उक्त समय गुज्रिएपछि फेरि अनौपचारिक रूपमा १० दिनको समय थप गरिएकोथियो । पाण्डे नेतृत्वको समितिले फागुन ५ गते थपिएको १० दिन अपुग हुने भन्दै थप १५ दिन म्याद दिनका लागि महानगरसँग अनुरोधगरेको थियो ।
‘भ्यूटावरसम्बन्धी सम्पूर्ण प्रक्रियागत बिबरण प्राप्त गर्न समय लागेकोले थप विस्तृत अनुसन्धान, कानूनी तथा प्रविधिगत पक्षको थपअध्ययन, सरोकारवालाहरूसँगको परामर्श, संलग्न कर्मचारीहरूको प्रतिक्रिया, प्राविधिक रिपोर्टहरूको समीक्षा समेत गरी छानबिनकार्यलाई निष्पक्ष, व्यवस्थित र वैज्ञानिक रूपमा प्रतिवेदन तयार गर्ने जस्ता कार्यहरूको लागि थप समय आवश्यक भएकोले छानविनसमितिको म्याद पन्ध्र (१५) दिन थप गरिदिनुहुन समितिको मिति २०८१/११/०५ को निर्णयानुसार अनुरोध छ’, चलानी नम्बर २२ को पत्रमाभनिएको छ ।
तर, दोस्रोपटक म्याद थपका लागि गरिएको आग्रह बालेनले अस्वीकार गरिदिएका छन् । म्याद थपको निर्णयार्थ पेश गरिएको टिप्पणीमाउनले ‘सार्वजनिक निर्माण विभाग, कानून विभाग र सहरी व्यवस्थापन विभाग प्रमुखले राय पेश गर्ने’ भन्दै समितिको ‘म्याद थप नगर्ने’ तोक आदेश गरेका हुन् ।
हेर्नुस् प्रमाण
धादिङ।गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रति आक्रोश पोखेकाछन्।
सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मन्त्री पाठकले बालेनप्रति आक्रोश व्यक्त गरेका हुन्। उनले बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित गर्दै स्टाटस लेखेपछि पाठकले प्रतिरक्षा गरेका बुझ्न सकिन्छ।
बालेनले यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशाकीय अधिकृतलाई कारबाही गर्न नसकेको, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिएको आरोप मन्त्री पाठकले लगाएका छन्।
पाठकले सो आरोप लगाउँदै लेखेका छन्, ‘के हो बालेन भाइ तिम्रो पारा? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं। नियम, कानुन र कार्यविधिभन्दा माथि कोही हुँदैन र तिमी पनि छैनौ। चार भागको एक भाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का।तिम्राजस्ता चर्का कुरा अरूहरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ।‘