
धादिङ। बहुचर्चित टेलिसिरियल ‘सक्कीगोनी’को निर्माण स्थगित भएको छ । टेलिसिरियलका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’लेजनाएअनुसार ‘सक्कीगोनी’को तेस्रो सिजन स्थगित गरिएको हो ।
घिमिरेले जनाएअनुसार चौथो सिजनको तयारीका लागि तत्काल निर्माण काम स्थगित गरिएको हो । ‘सक्कीगोनी’को तेस्रो सिजनका९३ श्रृंखला उत्पादन भएका थिए ।
उनले जनाएअनुसार चौथो सिजन केही फरक बनाउने तयारी भइरहेको छ । उनले चौथो सिजन कस्तो बनाउने भन्ने सुझाव पनि आमदर्शकसँग मागेका छन् ।
‘सक्कीगोनी’को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ शिवरात्रीदेखि प्रदर्शनरत छ । जसको सफलतापछि हौसिएको टिमलेटेलिसिरियललाई केही फरक बनाउन खोजेको देखिन्छ ।
‘सक्कीगोनी’ टेलिसिरियल सामाजिक सञ्जालमा निकै लोकप्रिय छ ।