
राम चन्द्र कार्की
धादिङ।इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्ष प्रेमप्रसाद आचार्य विभिन्न व्यवसाय गर्दा आफूले पाउनुपर्ने रकमसमेत नदिएरमर्न बाध्य पारेको उल्लेख गरेका थिए ।
उनको फेसबुक स्टाटसमा भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङ्गले पनि आफूलाई आर्थिक शोषण गरेका कारण अप्रिय निर्णय लिनबाध्य भएको उल्लेख गरेका थिए । अघिल्लो दिन पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पतालपु¥याएको थियो । तर, भोलिपल्ट बिहानै कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो ।
मृत्यु अघि लेखिएको सामाजिक सञ्जालको यो अभिव्यक्तिले मीनबहादुर माथि नेपाली कानुनले अनुसन्धान गर्न प्रेरित गर्छ । तर, योबिषयमा मीनवहादुरले कुनै सहानुभूति वा प्रतिकृया जनाएनन् । आचार्यले स्पष्टसँग यस्तो अभिब्यक्ति लेखेर शरिरमा पेट्रोल खन्याएकाथिए । –‘भाट्भटेनीका मीन बहादुर गुरुङजी । तपाईलाइ ३०% मार्जिन दिनुपर्ने ? अनि साना ठूला उत्पादक÷सप्लाएरले तिम्रो मार्टभरिदिनुपर्ने उधारोमा ? अनि अयलतचबअत मा १ महिना भित्र पैसा दिन्छौ भन्ने ? ३ महिनामा पनि सामानको पैसा नदिने ? मलाइ यतिझुलायौ कि ३ महिना पछि नाम नमिलाइकन बिराटनगर चेक पठायौ, इलाम देखि बिराटनगर सम्म एउटा चेक लिन गए तर नाम नमिलेकोअनि त्यो चेक सच्याउन काठमाडौ बोलायौ र एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ । म इलामदेखि बिराट्नगर, काठमाडौ कुद्दा कुद्दैतिमीलाइ दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो । त्यै भएर भाट्भटेनीलाई सामान दिन छोडे मैले । तिमीहरु लुट्ने मात्र हौ ।तिमीलाइ थाहा छ सामान उत्पादन गर्न कति दुःख छ ।’
यसरी मीनबहादुरले अथवा भाटभटेनीले ठगेको स्पष्ट लेख्दासमेत उनले मृतकको परिवारप्रति सामान्य सहानुभूति पनि जनाएनन् । उल्टोआफू निर्दोश भएको बयान प्रहरीमा दिएको चर्चा गराए । प्रहरीले पनि त्यसवेला औपचारिकतामात्र पूरा गरेको थियो । तत्कालिनकाठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नै मीनवहादुरलाई उच्च सम्मानका साथ बयान लिएको समाचार बाहिर आएको थियो ।अहिले उनै मीनहादुर आन्दोलनका बेला भएका घटनालाई अतिरञ्जना गरिरहेका छन् । भटभटेनीमा आएका ग्राहकलाई भाटाले हानेकोभन्दै एउटा सुरक्षाकर्मीलाई सिमित पैसा दिएर करोडौंको बिज्ञापन गरिरहेका छन् । लुटेरा भनेर पक्राउ परेकाहरुको बयानका आधारमापनि धेरैजसो भाटभटेनीका ग्राहक थिए । सामान लिन स्टोर गएका बेला हुलदंगा भएपछि उनीहरुले हातमा भएका सामान बोकेरनिस्किएका थिए । तर, भागवानरुपी आफ्ना ग्राहकलाई भाटा बर्षाउने लाई पुरस्कृत गरेर मीनबहादुरले असली चरित्र देखाएको बिश्लेषणहुन थालेको छ । लुटपाट हुनु सही हो भन्न खोजिएको होईन तर, उनले जसरी यो घटनालाई बिज्ञापनको माध्यम बनाए त्यसले ग्राहकोअपमान गरेको पक्कै हो । त्यसोत उनले पछिल्लो समय राज्यले मागे हरेक सम्पत्ति दिन तयार रहेको अभिब्यक्ति दिएकाप्रति एमालेजनऔधी खुशी भएको पनि सामाजिक सञ्जालमा देखिएका छन् । उनको बिचारलाई आहा कति सुन्दर बिचार भनेर एमालेका माथिल्लैतहका नेताहरुले लेखेको देखिएको छ ।
उनले भनेका रहेछन् । ‘यदि सरकारले आह्वान गर्छ भने, आम नागरिकले पनि दिन्छ भने म मेरो सम्पत्तिको ५०% देशको लागि दिन तयारछु । देश धनी हुन्छ भने म यो कोट पनि फुकालेर दिन तयार छु । यतिसम्मको त्याग तपस्या लिएर हिँडेको छु । हामीसँग यत्तिकोसम्भावना हुँदाहुँदै पनि देश गरिब छ । हामी जहिले पनि नेगेटिभिटीमा नजाऔँ । यो देश बिकास नहोस् भन्ने ४÷५ हजारको समूह छत्यसले देशलाई बर्बाद गरेको छ । यो देश सम्पन्न भए तपाईं पनि सम्पन्न हुनुहुन्छ । मेरो एउटै मात्र उद्देश्य छ सम्पन्न देशको नागरिकभएर मर्न पाऊँ ।’ भनेर उनले राजनीतिक नेतृत्वप्रति नै कटाक्ष गरेका छन् । र, आफूलाई सञ्चा दानबीरको दर्जामा उभ्याएका छन् ।
यो सवै नाटकमात्र हो । किनभने आफैलाई दोषी करार गर्दै शरिरमा आगो लगाउने एकजना किसानको छोरा मर्दा सामान्य सहानुभूतिनदेखाउने मीनबहादुरले नाफा नहुने ठाउँमा खर्च गर्छन् भनेर कसले पत्याउने होला ?
धादिङ।यो चीजको एक केजीको मूल्य सर्बियामा कुनै व्यक्तिले हात पार्ने औसत मासिक तलबभन्दा बढी छ। गधाको दूधबाट बनाइने‘प्यूल चीज‘को मूल्य १,२०० यूरो अर्थात् एक लाख ८० हजार नेपाली रुपैयाँभन्दा बढी पर्छ।
यो दुर्लभ खाद्यपदार्थ राजधानी बेल्ग्रेडबाट झन्डै ८० किमि पश्चिममा अवस्थित जासाभिचा प्रकृति आरक्षमा मात्र किन्न पाइन्छ।
“एक केजी चीज बनाउन गधाको २५ लिटर दूध चाहिन्छ। एउटा गधालाई त्यति दूध दिन डेढ वर्ष लाग्छ,” उक्त आरक्षका प्रबन्धक भुकसिमिचले बीबीसी न्यूज सर्बियनलाई भने।
परम्परागत चिनिया औषधी बनाउन प्रत्येक वर्ष मारिंछ लाखौ गधा
–गधाको दुध बनेको चीज किन महँगो
२० सेप्टेम्बर २०१९
तर प्यूल चीज सबैभन्दा महँगो चीज भने हैन। अहिले सबैभन्दा महँगो चीजको शीर्षस्थानमा स्प्यानिश काब्रालेस ब्लू चीज छ।
गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार सन् २०२४ मा उक्त चीजको २.५ केजी ३६ हजार यूरोमा बिक्री भएको थियो। त्यस हिसाबलेएक केजीको मूल्य १,४४० यूरो पर्यो अर्थात् दुई लाख १६ हजार नेपाली रुपैयाँभन्दा बढी।
–जोकोभिचले रुचाएको चीज
नोभाक जोकोभिचले आफ्नो स्वामित्वमा भएका रेस्टुराँहरूका लागि एक वर्षभरि उत्पादित सबै प्यूल चीज किनेका थिए
प्यूल चीज ‘विलासिताको वस्तु‘ बनेको छ। धेरै पैसा हुने मानिसले मात्र यो किन्न सक्छन्। सर्बियाका विश्वविख्यात टेनिस खेलाडीनोभाक जोकोभिच पनि यो चीजप्रति आकर्षित देखिन्छन्।
उनले आफूले सञ्चालन गरेका रेस्टुराँहरूका लागि भनेर पूरै एक वर्ष उत्पादित प्यूल चीज किनेको विवरण आएको थियो।
जासाभिचा प्रकृति आरक्षका पूर्वप्रबन्धक स्लोबोदान सिमिचका अनुसार जोकोभिचले आधा केजी चीजका लागि ४८० यूरो तिरेका थिए।
–ठूलो गधा फार्म
जासाभिचा प्रकृति आरक्ष ३६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। त्यहाँ विभिन्न प्रजातिका दुर्लभ वनस्पति र जीवहरू, जङ्गली घोडा रसयौँ जातका चराचुरुङ्गी पाइन्छन्।
तर त्यहाँ पालिएका ३०० वटा गधाले निकै चर्चा पाउने गरेका छन्। जासाभिचामा दक्षिणपूर्वी यूरोपकै सबैभन्दा ठूलो गधा फार्म रहेको छ।
जासाभिचा प्रकृति आरक्ष बेल्ग्रेडबाट ८० किलोमिटर पश्चिममा छ
त्यहाँ भर्खर जन्मिएका बच्चाहरूले चार खुट्टा टेकेर उभिन सङ्घर्ष गर्दै गरेको र अरू आफ्ना माउको दूध खान तथा जीउको न्यानो खोज्दैगरेको देखिन्छ। मानिसहरू गधालाई प्रायः मूर्ख जीव भन्ठान्छन् तर तिनीहरू चलाख र सामाजिक जीव हुन्।
“प्रत्येक गधाको आआफ्नै स्वभाव हुन्छ,” उक्त फार्मका प्रमुख निकोला निलिचले भने।
“केही निकै चकचके हुन्छन् भने केही गम्भीर स्वभावका हुन्छन। तर ती सबै अरूलाई अलिअलि ‘अँगालो‘ हाल्न मन पराउँछन, धेरै चाहिँहैन।“
पोथी धेरै
त्यहाँ भएका ३०० गधामध्ये १२ वटाजति मात्र भाले छन्। “यहाँ पोथीको वर्चस्व छ,” भुक सिमिच ठट्ट्यौलो पारामा भन्छन्।
ब्याएको नौ दिनमै पोथीहरू समागम गर्न थाल्छन्। ती प्रायः सधैँभरि लैना हुन्छन्।
तर तिनले बच्चा आफूनजिकै हुँदा मात्र दूध दिन्छन्। अनि उत्पादन हुने दूधको मात्रा निकै कम हुन्छ।
“एउटा पोथीले एक दिनमा झन्डै ३०० मिलिलिटर अर्थात् एक गिलास दूध मात्रै दिन्छ,” सिमिच भन्छन्।
त्यसमध्ये आधा बच्चाले खान्छ। पर्याप्त मात्रामा दूधको जोहो नहुँदा प्यूल चीज उत्पादन गर्न निकै समय लाग्छ।
–प्यूल चीजको विशेषता
प्यूल चीजलाई किन विशेष मानिन्छ त?
त्यसमा हुने रहस्यमय तत्त्वबारे सोध्दा निकोला निलिच हाँस्दै भन्छन्, “म त्यो तपाईँलाई बताउन सक्दिनँ।“
गधाको दूधबाट चीज बनाउने अवधारणा भुक सिमिचका पिता स्लोबोदान सिमिचको हो। उनले पहिलो पटक एक दशकअघि प्यूल चीजबनाउने विचार गरेका थिए।
तर गधाको दूध मान्छेको दूधजस्तै हुन्छ, त्यो हतपत बाक्लो हुँदैन।
सर्वसाधारण ग्राहकले प्यूल चीज किन्न पाउँदैनन् र त्यो विदेश निर्यात पनि हुँदैन
उनी धेरै पटक विफल भए तर जासाभिचाका खाद्य प्राविधिकहरूले अन्ततः एउटा विधि निखारे।
“प्यूल चीजको स्वाद निकै भिन्न छ,” सिमिच भन्छन्, “म त यसको स्वादै महँगो छ भन्छु।“
निकै चर्चा कमाएको भए पनि प्यूल चीज सर्वसाधारण ग्राहकले किन्न पाउँदैनन्, न त यो विदेश निर्यात नै हुन्छ।
यो किन्न जासाभिचा नै जानुपर्छ।
“हामी एक वर्षमा २५ देखि ३० किलोग्राम चीज मात्र उत्पादन गर्छौँ, त्यसैले यो निकै दुर्लभ बनेको छ,” सिमिच भन्छन्।
ढिलो उत्पादन
सर्बियामा केही अरू गधा फार्महरू पनि छन्। तर तिनको ध्यान चीज उत्पादन गर्नभन्दा पनि दूध बेच्न हुने गरेको बस्तुभाउ पाल्नेकिसानहरूको सङ्गठनले जनाएको छ।
सर्बियाको उद्योग वाणिज्य सङ्घका अनुसार गधाको दूध उत्पादन निकै न्यून मात्रामा हुने भएकाले त्यसले देशको अर्थतन्त्रलाई खासै केहीप्रभाव पार्दैन।
प्यूल चीज ५० ग्रामको प्याकेजमा बेचिन्छ र त्यसको मूल्य ७० यूरोजति पर्छ
“ठूलो मात्रामा चीज उत्पादन गर्न दूध किन्दा पटक्कै फाइदा हुँदैन,” उनीहरू भन्छन्।
चीज निर्यात गर्न विशेष नियमावली चाहिन्छ। प्यूल चीज बनाउने विधि जासाभिचासँग मात्र छ।
“अहिले हामी त्यो अरूलाई दिने पक्षमा छैनौँ,” सिमिच भन्छन्।
एउटा पोथी गधाले एक दिनमा ३०० मिलि मात्रै दूध आउँछ र त्यसमध्ये आधा बच्चाले खान्छ
अन्तर्राष्ट्रिय बजारमा पनि प्यूल चीजका सम्भावित ग्राहक छन्। तर सिमिच विदेश निर्यात गर्ने आफ्नो योजना नभएको बताउँछन्।
“विश्वभरि मानिसहरूले हामीबारे सुनेका छन्। हामी आफूले उत्पादन गरेको सबै चीज बेच्छौँ,” उनी भन्छन्।
धनी विदेशीहरू यो दुर्लभ खाद्यवस्तुका लागि पैसा तिर्न तयार भएको उनलाई पनि थाहा छ।