धादिङ। राजधानीको टोखा क्षेत्रबाट बरामद करिब २५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा तस्करी प्रकरणमा सिन्धु ट्र्क कन्टेनर सहकारी बाट फरार नारायण पौडेलले दुई करोड लिएको खुलेसगै यो प्रकरणमा माओवादी पाटी पनि जोडिएको छ । फरार रहेका माओवादी कार्यकर्ता नारायण पौडेल अझै सम्पर्कमा आएका छैनन् । राजनीति पहुँचमा यो प्रकरण झिसमिस पार्ने योजना भइरहेको छ । त्यसका लागि माओवादी बागमती प्रदेश अध्यक्ष सरलसहयात्री पौडेल र सिन्धुपाल्चोकका सासद माधव सापकोटा लागेको राजस्व अनुसन्धान स्रोतले जनाएको छ ।

यो प्रकरणमासंलग्न रहेको आरोपमा दुई जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा अभियोगपत्र दायर गरिएको छ । राजस्व अनुसन्धान विभागले ट्रक चालकसमेत रहेका सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका निवासी कुसाङ लामा (फुच्चे) र माओवादी कार्यकर्ता नारायण पौडेललाई मुख्य अभियुक्त बनाउँदै विदेशी विनियम ऐनअन्तर्गत मुद्दा दर्ता गरेको हो ।

अदालतका सूचना अधिकारी दीपक कुमार श्रेष्ठका अनुसार मंगलबार दर्ता गरिएको उक्त मुद्दामा विभागले २५ करोड ३४ लाख ७८ हजार ८ सय ४२ रुपैयाँ बराबरको बिगो दाबी गरेको छ । अनुसन्धानका क्रममा पौडेल फरार रहेका छन् भने उनका विरुद्ध पक्राउ पूर्जी जारी भइसकेको बताइएको छ ।

चैत ४ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले टोखाबाट ‘फल्स बटम’ ट्रक प्रयोग गरी स्थल नाका हुँदै रसुवागढीबाट चीनको केरुङतर्फ तस्करी गर्न लागिएको ठूलो मात्रामा विदेशी मुद्रा बरामद गरेको थियो । ट्रक (ना ७ ख १६५२ नम्बर) मा लुकाइएको १३ लाख ७५ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित कुसाङ लामालाई पक्राउ गरिएको थियो । बरामद विदेशी मुद्रासहित उनी राजस्व अनुसन्धान विभागको जिम्मामा बुझाइएको हो ।

पक्राउ परेका कुसाङ लामालाई मुद्दा अघि बढाइएको छ भने अर्का अभियुक्त माओवादी कार्यकर्ता नारायण पौडेल हालसम्म फरार रहेका छन् ।

यस घटनामा राजनीतिक ‘कनेक्सन’ को चर्चा पनि चलेको छ । अभियुक्त पौडेल माओवादी पार्टीसँग आबद्ध भएकोले तस्करी प्रकरणमा राजनीतिक संरक्षणको सम्भावना नकार्न नसकिने भन्दै विभिन्न निकायले गम्भीर छानबिनको माग गरेका छन्

 

 

 

 

पक्राउ परेका कुसाङ लामालाई मुद्दा अघि बढाइएको भने अर्का अभियुक्त माओवादी कार्यकर्ता नारायण पौडेल हालसम्म फरार रहेकाछन्

 

यस घटनामा राजनीतिककनेक्सनको चर्चा पनि चलेको अभियुक्त पौडेल माओवादी पार्टीसँग आबद्ध भएकोले तस्करी प्रकरणमाराजनीतिक संरक्षणको सम्भावना नकार्न नसकिने भन्दै विभिन्न निकायले गम्भीर छानबिनको माग गरेका छन्

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।