धादिङ।हिराल्डो काई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत पदक विजेता सन्तोष राईलाई अमेरिकाको न्यूयोर्कमा एक विशेषसमारोहका बीच नगदसहित सम्मान गरिएको छ।

च्याम्पियन मार्शल आर्ट्स एकेडेमी यूएसएको आयोजना युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको सहकार्यमा आयोजितऔपचारिक कार्यक्रममा राईको उल्लेखनीय अन्तर्राष्ट्रिय उपलब्धिको सम्मान गरिएको हो।

उक्त अवसरमा विभिन्न व्यक्तिहरूको संयुक्त योगदानमा राईलाई कुल हजार सय अमेरिकी डलर बराबरको नगद पुरस्कार प्रदानगरिएको थियो। 

त्यसअनुसार च्याम्पियन मार्शल आर्ट्स क्लब यूएसएले एक हजार डलर, डियन्जङ पुनले एक हजार, युनाइटेड किरात राई अर्गनाइजेसनअफ अमेरिकाले ,५०० डलर रुद्र राईले ९०० डलर प्रदान गरेका थिए।

कार्यक्रमको अध्यक्षता च्याम्पियन मार्शल आर्ट्स क्लब यूएसएका अध्यक्ष तथा ११औं साग १३औं एपिएसकेएफ स्वर्ण पदक विजेताप्रशिक्षक सुनील लामाले गरेका थिए।

उनले खेलाडीको हौसला अभिवृद्धि गर्न पुरस्कार प्रदान गरिएको बताए।

लामाले विशेष गरी डायस्पोरा समुदायभित्र खेलाडीले उत्कृष्ट नतिजा दिइरहेको बताए।

युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका (यायोख्खा) को केन्द्रिय महासचिव मुक्ति राई  निवर्तमान न्यूयार्क च्याप्टर अध्यक्षममता राइको पहलमा नेपालका लागि पदक विजेता सन्तोषको सम्मान कार्यक्रम आयोजना गरिएको हो।

सन्तोषले न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्फ रजत पदक जितेका थिए।

फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित भए।

यस वर्ष उनको यो पहिलो पदक पनि हो। गत वर्ष पनि सन्तोषले इङ्ल्यान्डमा सम्पन्न इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमारजत जितेका थिए।
 

सप्तरी।सप्तरीको बलान बिहुल गाउँपालिका स्थित जनता आधारभूत विद्यालयका प्रधानाध्यापकको खेतमा काम नगर्दा काज सरुवागरिएका कार्यालय सहयोगी डेढ वर्षसम्म पनि हाजिर हुन पाएका छैनन् २३ वर्षअघि अस्थायी नियुक्ति पाएका राधेश्याम पासवान उक्तविद्यालयमा कार्यालय सहयोगी पदमा काम गर्दै आएका थिए

ipl.svg

पछिल्लो पटक सरुवा भएर आएका प्रधानाध्यापक बालेश्वर यादवको खेतमा काम गर्न नगएपछि आफूलाई हाजिर गर्न रोक लगाइएकोपासवानको भनाइ

उहाँकी पत्नीसँग गएर खेतमा ५० किलो मल छर्न प्रधानाध्यापकले भन्नुभयो, तर मैले मानिनँ,’ पासवान भन्छन्, ‘त्यसको दोस्रो दिनबाटहाजिर गर्नै दिइएन पछि हाजिर गराइदिन गाउँपालिका पुगेर गुहार मागें तर त्यहाँ काज सरुवा भएको पत्र थमाइदियो

गाउँपालिकाको ०८० मंसिर २६ को पत्रअनुसार पासवानलाई सोही वडास्थित सलहेश दलित राष्ट्रिय आधारभूत विद्यालयमा काज सरुवागरिएको तर त्यहाँ पहिलेदेखि नै कार्यालय सहयोगी रहेकाले उनलाई हाजिर गराइएनफेरि १२/१५ दिन गाउँपालिकामा दौडधुपगर्दा राष्ट्रिय आधारभूत विद्यालयका लागि काज सरुवाको पत्र दिइयो तर त्यहाँ पनि हाजिर हुनै दिइएन,’ पासवान भन्छन्, ‘डेढ वर्षदेखिगाउँपालिका धाइरहेको छु, कतै हाजिर हुन नदिँदा अलपत्र परेको छु

२०५९ वैशाख मा अस्थायी नियुक्ति पाएका पासवानले डेढ वर्षदेखि तलब भत्ता पनि पाएका छैनन् पासवानले पछिल्लो पटक २०८०भदौमा २० हजार सय ३६ रुपैयाँ तलब पाएका थिएसुरुको तीन वर्षसम्म विद्यालयमा काम गर्दा तलबै पाइनँ, पछि लामो समयसम्मएक सय रुपैयाँ मात्र तलब पाउँदा पनि काम गरिरहें, तर अहिले जागिर नै अलपत्र परेको ,’ उनी भन्छन्, ‘जागिर अलपत्र परेर गुजारा गर्नैसमस्या भइरहँदासमेत दलित गरिबमाथि कसैले ध्यान दिएको छैन।

प्रधानाध्यापक यादव पदीय दायित्व पूरा नगरेकाले पासवानलाई कारबाही गरेको दाबी गर्छन् भन्छन्, ‘विद्यालय परिसरमा बढेको झाडीकाट्न अह्राएको थिएँ, उनले मानेनन्, त्यसैले विद्यालय व्यवस्थापन समितिसँग सल्लाह गरेरै उनलाई कारबाही गरेको हुँ

गाउँपालिकाका शिक्षा शाखा प्रमुख दिनेश मण्डल भने प्रधानाध्यापक यादवले बदमासी गरेको बताउँछन्पासवानलाई हाजिरै गर्ननदिएपछि तत्काललाई विवाद समाधान गर्न त्यो बेला काज सरुवा गरिएको थियो,’ उनको भनाइ , ‘जबकि उक्त विद्यालयमा एक जनामात्र कार्यालय सहयोगी थिए, मैले रोक्ने धेरै प्रयास गरें, तर सकिनँ

शिक्षा विकास तथा समन्वय इकाइ सप्तरीका सूचना अधिकारी कमलनाथ यादव स्थानीय तहले बनाएको कार्यविधि वा मापदण्डअनुसारकाज सरुवा गरेको हुन सक्ने बताउँछन् यद्यपि, गाउँपालिकामा विद्यालयका शिक्षक तथा कर्मचारीको काज सरुवासम्बन्धी मापदण्डबनाइएको छैन

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव मण्डल भन्छन्, ‘एक जना मात्र कार्यालय सहयोगी हुँदा पनि काज सरुवागरिनु अव्यावहारिक हो, त्यसमाथि काज सरुवा गरेको ठाउँमा हाजिर गराउन नसक्नुले पनि गलत काम भएको पुष्टि हुन्छआफूलेनिमित्तको जिम्मेवारी पाएको तीन महिना मात्र भएको पासवान पीडित भएको घटनाको जानकारी पनि हालै मात्र पाएकाले शिक्षा शाखा जनप्रतिनिधिसँग छलफल गरेर निर्णय लिने मण्डल बताउँछन्

गाउँपालिकाका अध्यक्ष खेमचन्द्र यादवले पासवासलाई अर्को विद्यालयमा हाजिर गराउन प्रयास भइरहेको जानकारी दिएअह्राएकोकुरा नमान्दा हाजिर गर्न रोक लगाएको विषय मेरो जानकारीमा आएको ,’ उनी भन्छन्, ‘राष्ट्रिय प्राथमिक विद्यालय बेल्हीमा कार्यालयसहयोगी छैनन्, त्यहीं उनलाई राख्न खोजिरहेका छौं, तर वातावरण नबन्दा हाजिर गराउन सकिएको छैन

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।