धादिङ।धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा रहेको धादिङ अस्पतालमा जिल्लामै पहिलो पटक इन्डोस्कोपी सेवा सुरु गरिएको हो ।
धादिङ अस्पतालमा यो सेवा पहिलो पटक आजबाट सुरु गरिएको हो काठमाडौं मेडिकल कलेज तथा टिचिङ हस्पिटलका विशेषज्ञ चिकित्सक रोमी दाहालद्धारा इन्डोस्कोपी आजबाट सेवा सुरु गरिएको छ । एन्डोस्कोप एउटा लामो, पातलो, लचिलो नली हो,जसको अगाडि क्यामेरा र बत्ती जडान गरिएको हुन्छ । शरीरको भित्री अंगहरू (जस्तै पेट, आन्द्रा, घाँटी, आदि) को जाँच गर्न प्रयोग गरिने एक चिकित्सकीय प्रक्रिया इन्डोस्कोपी सेवा अति आवश्यक रहेकोले सेवा सुरु गरिएको धादिङ अस्पतालका अस्पताल निर्देशक डाक्टर गगन अधिकारीले बताए । पेट दुखाइको कारण पत्ता लगाउन, अल्सर, ट्युमर, सुजन, रक्तस्राव जाँच गर्न, जीवाणु÷नमूना (दष्यउकथ) संकलन गर्न, सानो शल्यक्रिया गर्न (जस्तैः पोलीप हटाउने) एन्डोस्कोपी गरिने उनले बताए ।
धादिङ अस्पतालमा थुप्रै खालका विशेषज्ञसहितका सेवाहरु विस्तार भएका छन् । सेवाग्राहीको माग र आवश्यकतालाई मध्यनगर गरि इन्डोस्कोपी सेवा सुरु गरिएको हो बागमती प्रदेश सरकार प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रले उपकरण सहयोगले स्वास्थ्य क्षेत्रमा ठूलो सहयोग परिवर्तन ल्याउने र अस्पतालले प्रवाह गर्ने सेवालाई थप प्रभावकारी बनाउन इन्डोस्कोपी सेवा विस्तार गरिएको धादिङ अस्पतालका अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष राधिका सापकोटाले बताइन् ।सकेसम्म सेवा विस्तार र गुणस्तरिय सेवा प्रवाहमा अस्पतालले जोड दिएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।