
धादिङ। काठमाडौंको बूढानीलकण्ठमा दुईजनाको शव फेला परेको छ ।
बूढानीलकण्ठ नगरपालिका-४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउण्डभित्र रहेको साढे दुईतले घरभित्र पुरूष र महिला मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।
मृत भेटिनेमा धादिङ बैरेनीकी अन्जना पाख्रिन र एकजना भारतीय नागरिक परम नारायण गिल रहेका छन् । अन्जना धादिङ गल्छी गाउँपालिका-६ घर भई हाल सोही घरमा काम गरी बस्ने गर्थिन्। यस्तै नारायणले घरको पहिलो तलामा रहेको एउटा कोठा भाडामा लिएका थिए।
घटना शंकाकस्पद रहेको बताउँदै प्रहरीले अनुसन्धान थालेको छ । शव पोष्टमर्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ।