धादिङबेसी। धादिङबेसीमा तामाङ समुदायको  सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ औं त–ल्हो सोनाम ल्होछार धादिङबेसीको खुल्ला मञ्चमा यही माघ ५ गते भव्यताका साथ मनाइने भएको छ।

आयोजक समितिको हिजो बसेको बैठकले यसपटकको कार्यक्रमलाई दर्शक केन्द्रित बनाउँदै मन्तव्यभन्दा नाचगान र सांस्कृतिक प्रस्तुतीलाई प्राथमिकता दिने निर्णय गरेको छ।

आयोजकका प्रचारप्रसार समिति सदस्य सन्दिप स्याम्चेन तामाङका अनुसार कार्यक्रममा सहभागी दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमका मुख्य आकर्षणका रूपमा लामा नाच, झाँक्री नाच, घोडा नाच प्रस्तुत गरिनेछ। साथै पुच्छर बजारदेखि खुल्ला मञ्चसम्म तामाङ भेषभूषासहितको सांस्कृतिक र्‍याली प्रदर्शन पनि गरिनेछ।

सांगीतिक पक्षमा चर्चित म्हेन्दोमाया कलाकारहरू युबि मोङ्ग्रेसा, रमला पाख्रिन, सन्दिप स्याम्चेन र सबिना ङर्थेन लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

सोनाम ल्होछारलाई सांस्कृतिक पहिचान, एकता र उत्सवको रूपमा मनाउँदै तामाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

Screenshot


ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।