नानु कार्की/ धादिङ ।धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा न-१० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ ।
मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेला क्षेत्रमा सडकमाथीबाट शनिबार बिहान २:३० बजेतिर पहिराे खसेर अवरुद्घ भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालले दिनुभयाे ।
बन्द भएकाे सडक पहिराे हटाएर एकतर्फी सुरु गरिएकाे भएपनि पुन: पहिराे खस्दा राजमार्ग दुइतर्फी बन्द भएकाे छ।
रातीकाे समयमा सवारी साधन राेकिएकाे कारण कुनै क्षतिहुन पाएन ।
राजमार्ग क्षेत्रमा लगातार वर्षा भईरहेकाेले पहिराे पन्छाउन समस्या परेकाे छ । राजमार्ग क्षेशत्रमा सवारी साधन राेकिएकाे छ ।
-(पहिला खिचिएकाे फाेटाे)
साभार-कन्दरा समाचार