धादिङबेसी। धादिङबेसीमा तामाङ समुदायको  सांस्कृतिक पर्व मञ्जुश्री संवत् २८६२ औं त–ल्हो सोनाम ल्होछार धादिङबेसीको खुल्ला मञ्चमा यही माघ ५ गते भव्यताका साथ मनाइने भएको छ।

आयोजक समितिको हिजो बसेको बैठकले यसपटकको कार्यक्रमलाई दर्शक केन्द्रित बनाउँदै मन्तव्यभन्दा नाचगान र सांस्कृतिक प्रस्तुतीलाई प्राथमिकता दिने निर्णय गरेको छ।

आयोजकका प्रचारप्रसार समिति सदस्य सन्दिप स्याम्चेन तामाङका अनुसार कार्यक्रममा सहभागी दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रमका मुख्य आकर्षणका रूपमा लामा नाच, झाँक्री नाच, घोडा नाच प्रस्तुत गरिनेछ। साथै पुच्छर बजारदेखि खुल्ला मञ्चसम्म तामाङ भेषभूषासहितको सांस्कृतिक र्‍याली प्रदर्शन पनि गरिनेछ।

सांगीतिक पक्षमा चर्चित म्हेन्दोमाया कलाकारहरू युबि मोङ्ग्रेसा, रमला पाख्रिन, सन्दिप स्याम्चेन र सबिना ङर्थेन लगायत स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ।

सोनाम ल्होछारलाई सांस्कृतिक पहिचान, एकता र उत्सवको रूपमा मनाउँदै तामाङ संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजक समितिले जनाएको छ।

Screenshot


धादिङ । हर्क साम्पाङ नेतृत्वकाे श्रम संस्कृति पार्टीले मंगलबार धादिङमा जिल्ला कार्यसमिति गठन गरेको छ ।
पार्टीका केन्द्रीय उपाध्यक्ष लोकनाथ चुडालको उपस्थितिमा भएको भेलाले सेतेमान घलेको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति गठन गरेको हो । बैकुण्ठ दाहालको अध्यक्षतामा भएको तदर्थ समितिले जिल्लाभरबाट प्रतिनिधि भेला गरी जिल्ला कार्य समिति गठन गरेको हो ।

Screenshot

Screenshot


घलेको अध्यक्षतामा बनेको कार्यसमितिको उपाध्यक्षमा राज तामाङ, बैकुण्ठ दाहाल सचिव प्रलाद सिलवाल , सहसचिवमा आस्था तामाङ र मानसिंह तामाङ, कोषाध्यक्षमा मुक्तिनाथ चन्द र अन्य ४२ जना सदस्य रहने गरी ५१ जना रहेको कार्यसमिति गठन गरिएको हो ।

धादिङ।धादिङमा श्रम संस्कृती पार्टीले आज (मँगलबार) जिल्ला कमिटी गठन गर्ने भएको छ । सदरमुकाम धादिङवेशी स्थित जिविका होटलमा बिहान ११ बजे आयोजित कार्यक्रममा कमिटी गठन गर्न लागिएको पार्टीले जनाएको छ ।

केन्द्रिय उपाध्यक्ष लोकनाथ चुडालको प्रमुख आतित्थ्यतामा रहने कार्यक्रममा सहभागी हुन पार्टीका शुभचिन्तकलाई श्रम संस्कृती पार्टीले अनुरोध गरेको छ ।

धरान उपमहानगरका प्रमुख समेत रहेका हर्कराज साम्पाङ राई अध्यक्ष रहेको पार्टीले जिल्लास्तरमा कमिटी गठन गर्ने कामलाई तिव्रता दिएको छ ।

धादिङ।नेपाली कम्युनिष्ट पार्टीबाट समानुपातिक तर्फबाट धादिङ जिल्लाअन्तर्गत रुवी भ्याली गाउँपालिका’का शेरबहादुर तामाङ (सिलास तामाङ) लाई उम्मेदवारका रूपमा सिफारिस गरिएको छ।

शेरबहादुर तामाङ लामो समयदेखि हिम्स नेपाल नामक संस्थामार्फत धादिङ जिल्लाका विभिन्न स्थानहरूमा सामाजिक सेवामा सक्रिय रहँदै आउनु भएको छ। विशेषगरी धादिङ जिल्लाको उत्तरी क्षेत्रमा हिम्स नेपालमार्फत सामाजिक रूपान्तरण, कृषि, शिक्षा, स्वास्थ्य लगायतका विकासका विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउँदै आउनु भएको छ। उहाँ लामो समयसम्म उक्त संस्थाको अध्यक्षसमेत रहनु भएको हुँदा जिल्लामा एक परिचित तथा सम्मानित व्यक्तित्वका रूपमा चिनिनु हुन्छ।

सामाजिक सेवासँगै उहाँ जनजाति समुदायबाट प्रतिनिधित्व गर्ने व्यक्तित्व हुनुहुने भएकाले केन्द्रबाट अनुमोदन भए पार्टीका लागि सकारात्मक र लाभदायक हुने भन्ने बुझाइ धेरैको रहेको छ। साथै, उहाँ ख्रीष्टियन समुदायबाट हुनुहुने र धादिङ जिल्लाको उत्तरी क्षेत्रमा ख्रीष्टियन समुदायको उल्लेखनीय उपस्थिति रहेकाले सो समुदायको भावना समेट्न सक्ने सक्षम व्यक्तित्वका रूपमा ख्रीष्टियन अगुवाहरूले पनि उहाँप्रति सकारात्मक दृष्टिकोण राखेको बुझाइ रहेको छ।

साभार-रूबीभ्याली खबर

धादिङ।चिसो चिसो मौसममा विश्व नै ख्रीष्टमसले तातेको छ। जहाँ जता गए पनि चर्चा परिचर्चा ख्रीष्टमस कै छ। इर्साई तथा गैरइर्साई सबैले नै मनाउने अन्तराष्ट्रिय उत्सव भएको छ। यो पर्व भनौ या उत्सव बुझेर या नबुझेर देश र स्थान अनुसार मनाएता पनि साँचो इर्साईहरुले भने अति नै आदरका साथ मनाउने गर्दछन्। मण्डलीका धर्मगुरु देखि लिएर साधारण सन्तहरु समेत प्रार्थना, क्यारोल गीत भजन गाउने, येशूको जन्मको बाइबल पाठ गर्ने, सन्देशमूलक नाटक तथा प्रवचन सुन्ने। एकअर्कामा शुभकामना आदानप्रदान गर्ने। उपहार तथा कार्डहरु साटासाट गर्ने। मिठा परिकार खादै रमाइलो गर्ने। नयाँ मानिसहरुलाई येशू जन्मेको शुभखबर बाढ्ने। आ-आफ्नो मण्डली भवन, घर तथा कोठाहरू सिंगार्ने। काम तथा अध्ययनको सिलसिलामा बाहिर भएका आफन्त तथा पविार जनहरु घरमा आउन जाने भएकाले र बजारहरुमा भिड लाग्ने गर्दछन्। कति इर्साई देश र मण्डली परिसरहरुमा तारा, रुख र बगैंचाहरु समेत झिलिमिली पारीएका हुन्छन्।
वास्तवमा ख्रीष्टमस जसरी मनाए पनि हाल शहरी क्षेत्रमा ख्रीष्ट र ख्रीष्टमसका अर्थ थाहा नपाउनेहरूले मैनवत्ती निभाएर, केक काटेर, युवायुवतीको हातै पिच्छे वियरको वोतल लिएर होटल र रेष्टुराँका रंगिन साँझको शारिरीक वासनामा डुबेर , व्यभिचारका थुप्रै लक्ष्मणरेखा कोरेर, अर्धनग्न पारदर्शी पहिरहनमा गाना र डिस्कोमा रक्सिले मातेर अन्त्यमा झैझगडा, होहल्ला मच्चाउदै मोटरबाइक र कारहरूमा युवाको जोस रक्सीको रोहसमा वेपत्तासँग हाँक्दै कति प्रायले ख्रीष्टमस मनाउछन्। तर यो त ख्रीष्टमसको नाममा विकृति र छाडा प्रविति फैलिएको मात्र हो। ख्रीष्टमसलाई अन्य कुनै चाडको रुपमा मात्र मानिनु हुदैन। किनकी ख्रीष्टको जन्मउत्सव उहाँकै इच्छा र चाहाना अनुरुपको हुनुपर्छ। उहाँलाई बाहिर पठाएर अथवा उहाँलाई इन्कार गरी मनाइएका कुनै उत्सवले हामीलाई आशिष् पुर्याउन सक्दैन। उहाँ विनाको जीवनले साँचोरुपमा त्यो आनन्द प्राप्त गर्न सक्दैन। अहिले येशू केही नजान्ने बालक जस्तो हुनुहुन्न। येशू सारा मानव जातिको मुक्तिदाता हुनुहुन्छ।
विश्व ब्रमाण्ड यति ठूलो छ कि हामी कल्पना गर्न सक्दैनौं। यहाँ भएका ग्रह, उपग्रह, तारामण्डल, आकाश आदि इत्यादी। परमेश्वरले पहिला नै पृथ्वीमा सृष्टिभएका तर विज्ञानले विभिन्न शताब्दीहरूमा पत्तालगाएदै आएको कुरालाई हामी तिनछक परेर अध्ययन, अनुसन्धान र विश्लेषणमा समय र पैसा खर्थ गर्र्छौ। आमसञ्चार त्रि्रवृद्धि विकासले विश्वलाई एउटा सानो गाउँ जस्तै बनाइदिएको छ। यति सम्म सेवासुविधा दिएको छ कि नयाँ मिडिया अर्थात इन्टरनेटको माध्यमबाट मनमा सोचेको कुरा पाउछौं। हाम्रा पुर्खाहरुले सिलालेख र पाटीमा लेखपढ गरें। आज हामी ल्यापटप क्प्युटरमा पढ्दैछौ। हामी र हाम्रा पुर्खाको बिचमा भएको अध्ययन र मनोरञ्जन लिने साधनहरुमा आएको यो भिन्नताले हामीलाई आधुनिक बनाएको छ। हामी यी दैनिकी रुपमा प्रयोग गर्दै आएको आधुनिक, टिभी, एफ.एम.रेडियो, पत्रपत्रिका, पुस्तक, कम्प्युटर, मोबाइल फोन, क्यामरा आदि। लाई हामी विसैन सक्दैनौ। यो हामीलाई असहज हुन्छ। नयाँ नयाँ पाठ्यक्रम र नितिहरु परिवर्तन भैराखेकाछन्। समयको गतिसँगै धेरैकुराहरु परिवर्तन हुन्छन्। तर परमेश्वर र उहाँको वचन बाइबल कहिले परिवर्तन हुदैन। उहाँ एक समानको हुनुहुन्छ। विश्वमा करिब ३२०० भाषाहरु छन् त्यस मध्य पनि २५ सय भन्दा बढी भाषामा बाइबल प्रकाशन भएको छ। विश्वमा भएका सबै शव्दकोष, भाषा र ज्ञानले उहाँको प्रंशसा र वर्णनगरे पनि त्यो सिमित नै हुन्छ। कारण सिमित ज्ञान र भाषाहरुले असिमित परमेश्वरलाई सिमा लगाउन सक्दैन। उहाँको वर्णनगर्न जो इसाईहरुलाई थप भाषा अर्थात स्वगीय भाषा दिनुभएको छ जसलाई हामी पवित्र भाषा अर्थात अन्य भाषा भन्दछौ। जुन भाषाको माध्यमबाट पनि हाम्रा त्रिएक परमेश्वरलाई स्तुत्रि्रशंसा र आराधना गर्न सक्छौं। परमेश्वरले सृष्टि गर्नुभएको कुनै दिन पनि नराम्रो छैन। हाम्रो जीवनको निम्ति प्रत्यक दिन नराम्रो अवसर सयौपटक आउन सक्छ। तर राम्रो कामको अवसर भने एकदुइवटा मात्र आउछ। त्यसैले प्रत्येक दिनको एउटा राम्रो कामले भविश्यका हजारौ काम राम्रा र सुन्दर हुन्छन्। हामीले प्रयोग गरिने सबै सञ्चारका साधनहरु सफा र स्वास्थ्य हुनुपर्छ। किनकी हामी स्वास्थ्य हुनुछ।
गतिशिल समयको चक्रसँगै भित्ताका क्यालेण्डरहरू फेरिएकाछन्। बाषिर्क योजना, समय तालिका अनि आत्मिक जीवनका रङ्ग र भाषाहरू संस्करण भएका हुनसक्छन्। विभिन्न देशका मानिसहरूको भाषा नबुझौंला तर तिनीहरूले हामी प्रति गरेको प्रेम र दया भने बुझ्न सक्छौं। कारण संसारभरीनै प्रेमको भाषा एउटै हुन्छ। जुन भाषालाई आत्माको भाषा भनिन्छ। परमेश्वरले त्यसै आत्माको भाषाबाट धेरै रोगी, लाटा, गुंगा, बैरो, सुस्तमनस्थिती, पागल, भुतात्मा लागेका सवैलाई चङ्गाईदिएको थुप्रै उदाहरणहरू छन्। जसलाई हामी जीवन साक्षीको आवाज भनी ठोकुवा गर्दछौं। विश्वलाई एउटै एकता, शान्ति र न्याय दिन सक्ने भाषा नै प्रेम हो। जुन भाषालाई म आत्मिक संगित र साहित्य भन्न रुचाऊछु। ख्रीष्ट जन्मनुको अर्थ जति प्रगाढ छ त्यति नै ख्रीष्टमस दिवसको महत्व पनि रहेको छ। इश्वी पूर्व र इश्वी संवतको वोर्डरको प्रतिक जनाउन मात्रै ख्रीष्टको जन्म भएको होइन। संसारलाई ज्योति प्रदान गर्न, पापीलाई वचाउन, शान्ति र सत्यको बाटो देखाउनको लागि पनि हो। उपहार साटासाट मात्रै नभएर तपाईको सुन्दर जीवनलाई अझ सुन्दर बनाई हरेक दिन ख्रीष्टमसको खुशी, रमझम र आनन्द कायम राख्न ख्रीष्टको जन्म भएको हो। ख्रीष्टमस तथा नवबर्ष२०२४ सालको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

नानु कार्की/ धादिङ ।धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा न-१० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ ।
मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेला क्षेत्रमा सडकमाथीबाट शनिबार बिहान २:३० बजेतिर पहिराे खसेर अवरुद्घ भएकाे  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालले दिनुभयाे ।
बन्द भएकाे सडक पहिराे हटाएर एकतर्फी सुरु गरिएकाे भएपनि पुन: पहिराे खस्दा राजमार्ग दुइतर्फी बन्द भएकाे छ।

रातीकाे समयमा सवारी साधन राेकिएकाे कारण कुनै क्षतिहुन पाएन ।
राजमार्ग क्षेत्रमा लगातार वर्षा भईरहेकाेले पहिराे पन्छाउन समस्या परेकाे छ । राजमार्ग क्षेशत्रमा सवारी साधन राेकिएकाे छ ।
-(पहिला खिचिएकाे फाेटाे)

साभार-कन्दरा समाचार

धादिङ।आगामी एसइई परिक्षामा शत प्रतिशत नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बाजागाजा सहित नगर प्रक्रिममा गराईने नगर प्रमुख भीम प्रसाद ढुंगानाले उद्घोेष गर्नुभएको छ ।
 
नगरपालिकाको कुल बजेट मध्ये ४० प्रतिशत भन्दा बढी बजेट शिक्षा क्षेत्रमा छुट्याईएको भन्दै उहाँलेसोही अनुसारको नतिजा ल्याउने गरी प्रअहरुलाई काम गर्न आग्रह गर्नुभयो । एसइईमा शत प्रतिशत ल्याउने विद्यालयलाई नगद,विद्यार्थीलाई नगद सहित पुरस्कृत गर्ने कार्यक्रम यसअघिनै भएको भन्दै उहाँले यसबर्षदेखी एसइई परिक्षामा शत प्रतिशत ल्याउने विद्यालयलाई बाजागाजा सहित नगरपालिकाले भव्य स्वागत गर्ने प्रतिबद्धताा जनाउनुभयो । नीलकण्ठ नगरपालिकाले शत प्रतिशत नतिजा ल्याउने विद्यालयका चार लाख र चार जिपिए ल्याउने विद्यार्थीलाई नगद ५० हजार रुपँयाले सम्मान गर्दै आईरहेको छ ।  कक्षा १२ सम्मको शिक्षा निःशुल्क  गर्दा अभिभभावहरुलाई आर्थिक भार नपरेको भन्दै उहाँले विद्यालयहरुलाई पनि आर्थिक अभाव हुन नदिएको स्पष्ट पार्नुभयो ।यसबर्षदेखी कक्षा ८ को परिक्षामा समेत चार जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्ने नगर प्रमुख ढुंगानाले प्रतिबद्धता जनाउनुभएको छ । एसइई परिक्षामा शत प्रतिशत ल्याउने नीजि विद्यालयलाई आर्थिक रकम दिन नमिल्ने भएर मात्र  नदिएको भन्दै उहाँले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयका विद्यार्थी बराबरै नगद दिएर सम्मान गरीएको समेत बताउनुभयो ।
 
सामाजिक विकास समितिका संयोजक मन्जु मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर प्रमुख भीम प्रसाद ढुंगाना,प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल,शिक्षा विकास  तथा समन्वय ईकाका प्रमुख भमिलाल शर्मा सुवेदी,नगर सल्लाहकार दिपक कोईराला लगायतले सम्बोधन गर्नुभएको थियो । आजदेखी सुरु भएको तालिम भोली सम्म सन्चालन हुनेछ ।

धादिङ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।
चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे ।

मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए । ‘मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ ठुलो भू–भागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ, ‘उनले भने ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ ।
आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए ।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए ।

उनीहरूको शपथ बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा गराउने तयारी थियो । नवनियुक्त मन्त्रीहरूको शपथ हुने सम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयलाई पनि गराइएको थियो । तर, शपथ हुन सकेन ।

नेकपा एमालेले संवेदनशील अवस्थामा मन्त्री नियुक्त गर्नु उपयुक्त नहुने धारणा राखेपछि मुख्यमन्त्री लामा रोकिएका हुन् ।

नेकपा एमाले संसदीय दलका नेता नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बहादुरसिंह लामालाई फोन गरेर सरकार विस्तार नगर्न अनुरोध गरेका थिए ।

मन्त्री नियुक्ति र शपथले गलत सन्देश जाने उनले बताएका छन् । एमालेको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन् ।

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।

बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेकाले अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छन् ।

९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।