नानु कार्की/ धादिङ ।धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा न-१० जवानखोलामा सुख्खा पहिरोजाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएकाे छ ।
मुगलिन मलेखु खण्ड अन्तरगत जवाङ खाेला क्षेत्रमा सडकमाथीबाट शनिबार बिहान २:३० बजेतिर पहिराे खसेर अवरुद्घ भएकाे  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी प्रकाश दहालले दिनुभयाे ।
बन्द भएकाे सडक पहिराे हटाएर एकतर्फी सुरु गरिएकाे भएपनि पुन: पहिराे खस्दा राजमार्ग दुइतर्फी बन्द भएकाे छ।

रातीकाे समयमा सवारी साधन राेकिएकाे कारण कुनै क्षतिहुन पाएन ।
राजमार्ग क्षेत्रमा लगातार वर्षा भईरहेकाेले पहिराे पन्छाउन समस्या परेकाे छ । राजमार्ग क्षेशत्रमा सवारी साधन राेकिएकाे छ ।
-(पहिला खिचिएकाे फाेटाे)

साभार-कन्दरा समाचार

धादिङ।आगामी एसइई परिक्षामा शत प्रतिशत नतिजा ल्याउने विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बाजागाजा सहित नगर प्रक्रिममा गराईने नगर प्रमुख भीम प्रसाद ढुंगानाले उद्घोेष गर्नुभएको छ ।
 
नगरपालिकाको कुल बजेट मध्ये ४० प्रतिशत भन्दा बढी बजेट शिक्षा क्षेत्रमा छुट्याईएको भन्दै उहाँलेसोही अनुसारको नतिजा ल्याउने गरी प्रअहरुलाई काम गर्न आग्रह गर्नुभयो । एसइईमा शत प्रतिशत ल्याउने विद्यालयलाई नगद,विद्यार्थीलाई नगद सहित पुरस्कृत गर्ने कार्यक्रम यसअघिनै भएको भन्दै उहाँले यसबर्षदेखी एसइई परिक्षामा शत प्रतिशत ल्याउने विद्यालयलाई बाजागाजा सहित नगरपालिकाले भव्य स्वागत गर्ने प्रतिबद्धताा जनाउनुभयो । नीलकण्ठ नगरपालिकाले शत प्रतिशत नतिजा ल्याउने विद्यालयका चार लाख र चार जिपिए ल्याउने विद्यार्थीलाई नगद ५० हजार रुपँयाले सम्मान गर्दै आईरहेको छ ।  कक्षा १२ सम्मको शिक्षा निःशुल्क  गर्दा अभिभभावहरुलाई आर्थिक भार नपरेको भन्दै उहाँले विद्यालयहरुलाई पनि आर्थिक अभाव हुन नदिएको स्पष्ट पार्नुभयो ।यसबर्षदेखी कक्षा ८ को परिक्षामा समेत चार जिपिए ल्याउने विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्ने नगर प्रमुख ढुंगानाले प्रतिबद्धता जनाउनुभएको छ । एसइई परिक्षामा शत प्रतिशत ल्याउने नीजि विद्यालयलाई आर्थिक रकम दिन नमिल्ने भएर मात्र  नदिएको भन्दै उहाँले विद्यार्थीहरुलाई सामुदायिक विद्यालयका विद्यार्थी बराबरै नगद दिएर सम्मान गरीएको समेत बताउनुभयो ।
 
सामाजिक विकास समितिका संयोजक मन्जु मगरको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर प्रमुख भीम प्रसाद ढुंगाना,प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल,शिक्षा विकास  तथा समन्वय ईकाका प्रमुख भमिलाल शर्मा सुवेदी,नगर सल्लाहकार दिपक कोईराला लगायतले सम्बोधन गर्नुभएको थियो । आजदेखी सुरु भएको तालिम भोली सम्म सन्चालन हुनेछ ।

धादिङ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् ।
चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उनले कोलकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए । अब मलको हाहाकार नहुने बताउँदै उनले किसानलाई आश्वस्त पारे ।

मन्त्री अधिकारीले जिल्लाको खेतयोग्य जमिन र उत्पादनका आधारमा मल वितरण गर्नुपर्ने बताए । ‘मल वितरण गर्दा वास्तविक कृषकलाई प्राथमिकता दिनुपर्छ ठुलो भू–भागमा खेती गर्ने किसानले मल अभावका कारण आर्थिक क्षति बेहोर्नु नपरोस् भन्नेमा हामी संवेदनशील छौँ, ‘उनले भने ।

नेपाली कांग्रेसका जिल्ला सभापति तथा महाराजगञ्ज नगरपालिकाका प्रमुख अब्दुल कलामले सरकारी मल वितरण प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ ।
आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरूङलाई मन्त्री नियुक्त गरेका थिए ।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरूङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए ।

उनीहरूको शपथ बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा गराउने तयारी थियो । नवनियुक्त मन्त्रीहरूको शपथ हुने सम्बन्धि जानकारी प्रदेश प्रमुख कार्यालयलाई पनि गराइएको थियो । तर, शपथ हुन सकेन ।

नेकपा एमालेले संवेदनशील अवस्थामा मन्त्री नियुक्त गर्नु उपयुक्त नहुने धारणा राखेपछि मुख्यमन्त्री लामा रोकिएका हुन् ।

नेकपा एमाले संसदीय दलका नेता नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बहादुरसिंह लामालाई फोन गरेर सरकार विस्तार नगर्न अनुरोध गरेका थिए ।

मन्त्री नियुक्ति र शपथले गलत सन्देश जाने उनले बताएका छन् । एमालेको आग्रहपछि मुख्यमन्त्री लामा अन्योलमा परेका छन् ।

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । लामाले गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।
लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी भने तोकिन बाँकी छ ।

बागमतीमा कांग्रेसले सम्हालेका पाँच मन्त्रालय मन्त्री विहीन थिए । गोविन्द लम्साल आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेकाले अझै युवा तथा खेलकुद, संस्कृति तथा पर्यटन, खानेपानी, ऊर्जा तथा सिंचाइ र सहकारी तथा गरिवी निवारण मन्त्रालय नेतृत्वविहीन छन् ।

९ साउनमा चार जना र १३ साउनमा १ जना मन्त्रीले राजीनामा दिएर लामाविरुद्धको अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए ।

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएका छन्।
मंगलबार हेटौंडामा संसदीय दल नेता तामाङका पक्ष र विपक्षमा मतविभाजन गरिएको थियो।
जसमा मुख्यमन्त्रीसमेत रहेका संसदीय दल नेता तामाङको पक्षमा जम्मा १५ जना सांसद उभिए भने ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना सांसद उभिएका छन्। बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्।
आज पक्ष र विपक्षमा मतविभाजन हुँदा मुख्यमन्त्रीका पक्षमा १५ र विपक्षमा २२ मत आएको छ । भोलि संसदीय दल नेता छान्न चुनाव हुने बताइएको छ।
संसदीय दल नेताको हैसियत गुमाएकोले मुख्यमन्त्री तामाङ फेरि संसदीय दल नेता निर्वाचनमा प्रतिस्पर्धा गर्छन् कि गर्दैनन् यकिन भइसकेको छैन।
अब सांसद बानियाँ संसदीय दल नेता र नयाँ मुख्यमन्त्री हुने तयारीमा छन्। मुख्यमन्त्री लामाको मन्त्रिपरिषदमा रहेका ५ जना कांग्रेसका मन्त्रीले पदबाट राजीनामा दिइसकेका छन्।
गत शुक्रबार २१ जना सांसदले दल नेता तामाङविरूद्ध हस्ताक्षर गरेका थिए। तामाङ र बानियाँ संस्थापन पक्षका हुन्।

धादिङ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले केहीबेरअघि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । बागमती प्रदेशको मुख्यमन्त्रीसमेत रहेका लामामाथिको अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्री (सामूहिक राजीनामा दिइसकेका छन्) सहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा संसदीय दलको कार्यालयमा बसेको सांसदहरूको बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएको हो ।
कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।

धादिङ ।धादिङ जिल्लाको शैक्षिक क्षेत्रको अग्रणी संस्था नीलकण्ठ बहुमुखी क्याम्पसले नयाँ नेतृत्व पाएको छ। क्याम्पस सञ्चालक समितिको असार २७ गते सम्पन्न बैठकले डा. मुरारी अधिकारीलाई आगामी चार वर्षका लागि क्याम्पस प्रमुखमा नियुक्त गरेको हो।

वि.सं. २०५७ मा जम्मा १२ जना विद्यार्थीबाट सुरु भएको नीलकण्ठ बहुमुखी क्याम्पस अहिले जिल्लाकै पहिलो QAA (गुणस्तर प्रत्यायन) प्राप्त गर्ने क्याम्पसको रूपमा स्थापित छ। विश्वविद्यालय अनुदान आयोगबाट मान्यता प्राप्त यो क्याम्पसले समयसँगै आफ्नो शैक्षिक दायरालाई विस्तार गर्दै आएको छ।

स्थापनाकालदेखि हालसम्म क्याम्पस प्रमुखको भूमिकामा भूपेन्द्र कुमार श्रेष्ठ र नवराज शर्मा रहेका थिए। श्रेष्ठ क्याम्पसका संस्थापक प्रमुख थिए भने शर्माले २०७३ सालदेखि नेतृत्व सम्हाल्दै आउनुभएको थियो।

वर्तमानमा क्याम्पसमा स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी संकायका कार्यक्रमहरू सञ्चालनमा छन् भने स्नातकोत्तर तहमा शिक्षाशास्त्र (नेपाली तथा अंग्रेजी) र व्यवस्थापन संकायको अध्यापन भइरहेको छ।

नयाँ प्रमुख डा. अधिकारीले क्याम्पसको शैक्षिक स्तरलाई अझ उकास्ने योजना सार्वजनिक गर्नुभएको छ। उहाँका अनुसार स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै क्याम्पसलाई जिल्लाकै नमुना शिक्षण संस्थाको रूपमा अघि बढाइने छ।

धादिङ।नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले आज देशभर ८० लाख लिटर दही खपत हुने अनुमान गरेका छन्। 
आज असार १५ मा देशभर ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको जानकारी दिएका हुन्। 
उनले भने,‘ हरेक वर्ष जस्तै यो वर्ष पनि असार १५ को उपलक्ष्यमा दही चिउराको प्रबद्र्धन र खपत बढाउने अभियानमा एसोसिएसन जोडिएको छ। असार १५ लाई मानो रोपेर मुरी फलाउने, धान दिवसको रुपमा मनाउने र दही चिउरा खाने दिनको रुपमा पनि मनाउने गरिएको छ।  
असार १५ मा देशभर करीब ८० लाख लिटर दही खपत हुने र सो बापत करिब १ अर्ब ४० करोड रुपैयाँको कारोबार हुने अनुमान गरिएको छ। दही चिउरा खानु हाम्रो संस्कृति हो र यस्ता कार्यक्रमलाई सबैले प्राथमितामा राख्नुपर्छ। किसानले उत्पादन गरेको दूध तथा दुग्ध पदार्थ खपतमा वृद्धि ल्याउन पनि यस्ता खालका कार्यक्रमले सकारात्मक योगदान गर्ने हामीले विश्वास लिएका छौं। ’
असार १५ नेपालको संस्कृतिसँग जोडिएको पर्व भएको भन्दै विशेष गरी दही चिउरा खाएर असार १५ मनाउने हाम्रो मौलिक परम्परा नै बनेको पनि उनले बताए। 
असार १५ मनाउँदा दही चिउराको खपत बढ्ने छ भने हाम्रो संस्कृतिको जगेर्नामा पनि टेवा पुग्ने उनको विश्वास छ।
असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेशा र व्यवसायमा लागेका नेपालीले पनि आज दही च्यूरा खाई असार १५ मनाउँछन्।
हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ। शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रही आएको छ।

दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए, भनिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ। ‘भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्’ भन्ने जस्ता वाक्य पनि आयुर्वेदमा उल्लेख गरिएको छ। दहीले पाचन शक्ति पनि बढाउँछ।
पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ। यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको छ। यसरी असार १५ गते नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ।

धादिङ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका अन्तर्गतका विद्यालयहरूले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा SEE मा उल्लेखनीय सफलता हासिल गरेका छन्। गाउँपालिकाभित्रका ५ वटा माध्यमिक विद्यालयबाट १५७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये १४५ जनाले उत्तीर्ण गर्दै ९२.३६ प्रतिशत सफलता दर कायम गरेका छन्।
विद्यालयगत विवरणः
१. मंगलादेवी मा.विः
१९ जना परीक्षार्थी सहभागीमध्ये १६ जना उत्तीर्ण भई ८४.२१ प्रतिशत सफलता प्राप्त।

२.निरञ्जना मा.विः
४४ जना सहभागीमध्ये ४३ जना उत्तीर्ण भई ९७.७२ प्रतिशत नतिजा हासिल।
३.चौतारा मा.विः
१९ विद्यार्थी सहभागी भएमध्ये १८ जनाले परीक्षा उत्तीर्ण गरी ९४.७३ प्रतिशत सफलता दर देखिएको छ।
४. कुण्डलादेवी मा.विः
२८ जनामध्ये २५ जना उत्तीर्ण भई ८९.२९ प्रतिशत सफलता हासिल।
५.महेन्द्र बाराही मा.विः
सबैभन्दा धेरै ४७ जना सहभागी रहेको यस विद्यालयबाट ४३ जनाले परीक्षा उत्तीर्ण गरेका छन्। यसले ९१.४८ प्रतिशत सफलता दर देखाएको छ।
समग्र विवरणः
कुल १५७ जना परीक्षार्थीमध्ये १४५ जना उत्तीर्ण हुँदा गाउँपालिकाको समग्र उत्तीर्ण प्रतिशत ९२.३६ प्रतिशत रहेको छ।यो सफलता स्थानीय तह, विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीहरूको निरन्तर मेहनत तथा लगनशीलताको फलस्वरूप सम्भव भएको हो। यस उपलब्धिमा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सरोकारवालालाई नेत्रावती डबजोङ गाउँपालिकाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।यस प्रकारको सकारात्मक नतिजाले आगामी दिनमा अझ राम्रो शिक्षात्मक वातावरण सिर्जना गर्न उत्प्रेरणा दिने विश्वास लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहको भनाई छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।