श्रीमती मार्न दिएको पैसा फिर्ता गर्न नसक्दा श्रीमानकै हत्या

धादिङ। धादिङको गजुरी गाउँपालिका डुँडेठाँटीका ६० वर्षीय चुडाँमणी कँडेलको घटना २०८१ चैत २७ गते बेलुकाको हो चैत २४गतेदेखि गाउँघरमा नदेखिएका धादिङको गजुरी गाउँपालिका डुँडेठाँटीका चुडामणि कँडेल घरभित्रैको ट्वाइलेटमा मृत भेटिए

श्रीमतीको हत्या गर्न भाडाका गुण्डाहरुलाई चार लाख रुपैँया रकमसुपारीबुझाएका चुडामणि रकम बुझेका गुण्डाहरुबाटै फिल्मीशैलीमा मारिएको तथ्य प्रहरीले पत्ता लगाएको

श्रीमतीसँगको सम्बन्ध वर्षौदेखि राम्रो नभएको कारण चुडामणिले श्रीमती सुस्मिता सिलवालको हत्या गर्ने योजना अनुरुप आफ्नै घरजग्गा भाडामा लिएर बस्दै आएका मकवानपुर जिल्लाको राक्सिराङ का ३६ वर्षीय अक्कल बहादुर प्रजालाई चार लाख रुपैँयाबुझाएको सुस्मिताको हत्या गर्न नसकेपछि अक्कल बहादुर प्रजाकै समूहले चुडामणिको हत्या गरेको रहस्य पत्ता लागेको हो

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक दिपेन्द्र शाही भन्छन्–‘मृतक चुडामणिसँग रकम बुझेका प्रतिवादीहरुले सुस्मितालाईमार्न पटक पटक कोशिष गरेपनि सफल नभएपछि चुडामणिलाई नै मारिदिएको तथ्य प्रमाणहरुबाट पुष्टी हुन्छ

यसरी सुरु हुन्छ घटनाक्रम :
धादिङको गजुरी गाउँपालिका डुँडेठाँटीका ६० वर्षीय चुडामणि कँडेल उनकी श्रीमती सुस्मिताबीच विगत देखि नै सम्बन्ध राम्रो थिएन सुस्मिता करिब १४ वर्ष वैदेशिक रोजगारीको शिलशिलामा इजरायल बसिन् चुडामणि डुँडेठाँटीकै घरमा बस्थे बैदेशिकरोजगारीलाई विश्राम लगाएर सुस्मिता पाँच वर्षअघि घर फर्किइन् नेपाल फर्किएपछि पनि चुणमणि सुस्मिताबीचको सम्बन्धमा सुधारआएन चुडामणि सुस्मिताको छोरा पनि क्यानडामा छन्, सुस्मिता छोरीसहित काठमाडौंको घरमा बस्न थालिन् , चुडामणि डुँडेठाँटी कैघरमा त्यतिबेलासम्म बिदेशमा कमाएको पैसाले सुस्मिताले काठमाडौमा घर किनिसकेकी रहिछन् काठमाडौ नै बस्न थालेदेखिसुस्मिता कहिलेकाही मात्रै डुँडेठाँटी आउँथिन्

२०८१ असोजमा मकवानपुरको राक्सिराङ गाउँपालिका का ३६ वर्षीय अक्कल बहादुर प्रजा चुडामणिको घर तथा बारी वार्षिक एकलाख १५ हजार भाडामा लिएर बस्न आइपुगे २०८१ मंसिरदेखि अक्कल बहादुरले श्रीमतीलाई पनि त्यहि ल्याए अक्कल बहादुरकोपरिवार चुडामणिबीचको सम्बन्ध निकै राम्रो बन्यो एकआपसमा दुःख सुखका कुराकानी पनि हुन थाल्यो

यसरी बन्यो मार्ने योजना
२०८१ पुषमा चुडामणिले श्रीमती सुस्मितालाई मारिदिने योजना बनाउँछ श्रीमती सुस्मिताको हत्या गर्न आफ्नै घर बारी भाडामा लिएरबस्दै आएका अक्कल बहादुर प्रजासँग चार लाख रुपैँयामा सम्झौता हुन्छ सम्झौता अनुरुप योजना कार्यान्वयन गराउन अक्कलबहादुरले भान्जा भनी बोलाउने मकवानपुर राक्सिराङ कै पृथलाल थिङलाई सहयोग माग्छ पृथलालले पनि ज्वाई पर्ने राक्सिराङकै सञ्चलाल मुक्तानलाई सहभागी गराउँछ उनीहरु तीन जना चुडामणिको भेट हुन्छ सबैभन्दा पहिले पृथलालले आउजाउ गर्ने खर्चस्वरुप १६ हजार सय रुपैँया चुडामणिसँग लिन्छ

अक्कल बहादुरसहित तीन जनाको समूहले २०८१ फागुनमा सुस्मिताको हत्या गर्न दुई पटकसम्म कोशिष गर्छ तर सफल हुँदैन काठमाडौमा बस्न थालेदेखि कहिलेकसो मात्रै डुँडेठाँटी आउने गरेकी सुस्मिता २०८१ चैतमा पनि काठमाडौबाट डुँडेठाँटी घरमा आउँछ त्यतिनै बेला चुडामणिले अक्कल बहादुरलाई सम्झौता अनुसार दिन बाँकी तीन लाख ८२ हजार अग्रिम भुक्तानी दिएर सुस्मिताको हत्यागर्न आदेश दिन्छ , चैत महिनामा पनि दुई पटक योजना बनाउँछ तर हत्या गर्ने कोशिष असफल हुन्छ

फागुन चैतमा गरी चार पटकसम्मको कोशिष सफल बनाउन नसकेपछि चुडामणिले अक्कल बहादुर समूहमा आवद्ध दुई जनालाईकाम गर्न नसकेको भनी दबाव दिन थाल्छ बुझाएको सबै रकम फिर्ता माग्नेसम्मको दबाव आउन थालेपछि २०८१ चैत २४ गते विहानअक्कल बहादुरले पृथलाल थिङ सञ्चलाल मुक्तानसंग भेट गर्छ चुडामणिले धेरै नै दबाब दिएपछि रिसाएका उनीहरूले चुडामणिलाईनै मारिदिने योजना बनाउँछ योजना अनुरुप चुडामणिको घरमा पुगेका उनीहरुले घरको भुईतल्लामा रहेको बाथरुप सहितको शौचालयहेर्ने बहानामा चुडामणिलाई लैजान्छ

भरभित्रै रहेको शौचालय छेउमा पुग्नेवित्तिकै सञ्चलाल मुक्तानले दुई हातले चुणमणिको घाँटी अठ्याउँछ, पृथलाल थिङलेमुक्कैमुक्काले कन्चटमा प्रहार गर्छ चुडामणि ढलेपछि घाँटीमा डोरीले बसेर पुनः लात्ती कोदालोले समेत हानेर हत्या गर्छ त्यससमयमा योजनामा मुख्य नाइके अक्कल बहादुर प्रजा भने घर बाहिर बसेर निगरानी गरिरहेको हुन्छ , जिउँदैरहला जसरी भएपनि मारेरछोड्नै भन्दै पृथलाल सञ्चलाललाई आदेश दिइरहेको हुन्छ चुडामणि जिउदो नरहेको यकिन भएपछि शव ट्वाइलेटभित्र थुनेरचुडामणिको मोबाइल लिएर मलेखुतर्फ भाग्छ मलेखु पुगेपछि मृतक चुडामणिको मोबाइल फुटाएर फालिदिन्छ पूर्व जाने बस चढेरमनहरी पुग्छ

तालिमप्राप्त कुकुरसहित बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको प्राविधिक टोली, धादिङ अस्पतालबाट चिकित्सकसहित शुक्ष्मअनुसन्धान गरिरहेको धादिङ प्रहरीले २०८२ बैशाख गते घटनामा योजनाकार अक्कल बहादुर प्रजालाई डुँडेठाँटीबाटै पक्राउ गर्छ त्यसपछि पृथलाल सञ्चलाललाई बैशाख १६ गते मकवानपुरको मनहरी गाउँपालिका मनहरीबाट पक्राउ गर्छ

घटनामा संलग्न भएका व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान गरिसकेपछि यी सबै तथ्य पुष्टी भएको प्रहरी उपरीक्षक दिपेन्द्र शाहीबताउछन् मृतक चुडामणिले बुझाएको तीन लाख ८२ हजार रुपैँया चैत तेश्रो साता नै उनीहरुले भागबण्डा गरी लिइरहेको अक्कलबहादुरले लुकाई राखेको अवस्थामा एक लाख रुपैँया भेटिएको मृतक चुडामणिबाट लिएको पैसाले किनेको एकै किसिमको कपडा जुत्ता पनि प्रहरीले बरामद गरेको

पक्राउ परेका मकवानपुरको राक्सिराङ गाउँपालिका घर भएका ३६ वर्षीय अक्कलबहादुर प्रजा, २५ वर्षीय पृथलाल थिङ २७ वर्षीयसञ्चलाल मुक्तानलाई ज्यान सम्बन्धी कसुरमा धादिङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयधादिङका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी सुबास हमालले जानकारी दिए

चुडामणिले श्रीमती सुस्मिताको हत्या गर्न बुझाएको रकम डुँडेठाँटीकै चार आना जग्गा बेचेर बैना लगाएको पनि बुझिएको सुस्मिताका दाजु अर्थात चुडामणिका जेठानका अनुसार चुडामणिले डुँडेठाँटीको आना जग्गा बिक्री गरेर गुडाहरुलाई रकम बुझाएकाहुन् चुडामणिको परिवार गाउँकै धनी वर्गमा पर्छन्

साभारपाबिल समाचार

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।