
Screenshot
युनिस तामाङ
धादिङ।अहिले नेपालका प्राय प्रत्येक जिल्ला, नगरपालिका, तथा गा. वि.स. मा मण्डलीहरू भेटिन्छन् । परमेश्वरलाई धन्यवाद दिउँकीति हामी धेरै नेपालीलाई प्रभुले आफ्नो राज्यमा बोलाउनु भएको छ । तर ७० वर्ष अघि नेपालमा इसाईको उपस्थिती लगभग सुन्य थियो।नेपालमा इसाई उपस्थितीको पहिलो खुट्किलो बनेको हो रामघाट मण्डली, पोखरा । रामघाट चर्च को स्थापना सन् १९५२ भएको हो जबकि १९६० को नेपालको जनगणनामा समेत इसाईको संख्या सुन्य देखाइएको छ । यस लेखमा हामीले रामघाट चर्चको स्थापना कसरीभयो भनि हेर्नेछौं ।
नेपालको पहिलो मण्डलीको स्थापनाको जग नेपालको सिमाना भन्दा बाहिरबाट सुरु भएको हो। नेपाल भित्र पस्ने ढोका नखुलेकोभएपनि १०० वर्षसम्म नेपालको सिमानामा रहेका भारतीय शहर हरुमा नेपालीहरूलाई सुसमाचार सुनाउने कार्यहरु भइरहेको थियो।तत्काल भारतमा रहेका नेपाली भाषिहरू जस्तै दार्जलिङ्ग , सिलोङ्ग आदि ठाँउका नेपालीहरुले प्रभुलाई पाएका थिए। नेपालबाटकामको सिलसिलामा या उपचारको लागि भारतिय शहर पुगेका कति नेपालीहरुले पनि प्रभुलाई पाएका थिए। सन् १९४३ मा डा. लिलीओ हान्लन र उहाँका सहकर्मिहरुले भारतमा नेपाल इभान्जलिस्टिक व्याण्ड नामक संस्था दर्ता गर्नु भयो र रक्सौल तथा शिलोङ्गमानेपाली विच सेवाकाई सुरुगर्नु भयो।
१प्९०मा दार्जलिङ्गको विश्वासी परिवारमा जन्मनु भएका डेभिड मुखिया पनि रक्सौल मै सेवाकाई गरिरहनु भएको थियो। उहाकोहुनेवाला श्रीमती प्रेमी गुरुङ संग पनि रक्सौलमै सेवाकाइको क्रममा भेट भयो र पछि उहाँहरुको विवाह भयो।
१९४१मा डेभिड र प्रेमी मुखिया पनि नेपाल इभान्जलिस्टिक व्याण्डमा जोइन हुनुभयो। कलकत्ताको एक सेवामा १९४३मा डेभिड मुखियापास्टर अभिषेख हुनुभयो । यसरी नेपालको पहिलो मण्डलीको पास्टर नेपाल बाहिर परमेश्वरले तयार गरिरहनु भएको थियो।
नेपालमा प्रजातन्त्र आएपछि नेपालमा रहेका तत्कालिन ब्रिटिस राजदुतले नेपाल सरकार संग गरेको अनुरोधका कारण नेपालइभान्जलिस्टिक व्याण्डले पोखरामा हस्पिटल खोल्ने अनुमति पायो । १९५२ मा नेपाल इभान्जलिस्टिक व्याण्डका सदस्यहरू भैरहवासिमानाबाट नेपाल छिरे र दुइ महिना पछि डेभिड र प्रेमी पनि नेपालमा आउनु भयो ।
नेपाल इभान्जलिस्टिक व्याण्डका सदस्यहरु त्यसका अरु नेपाली कर्मचारीहरूको समुहलाई लिएर नेपालको पहिलो मण्डली को स्थापनाभयो। सुरुमा बाँसको झ्याङग मुनि संगती गरिन्थ्यो । १९५२ नोभेम्बर मा नेपाल इभान्जलिस्टिक व्याण्डले बुद्धि सागर र पुतली गौतमबाटकेहि जग्गा लिए। १९५५ मा खरको छाना भएको बाँसले बारेको चर्च भवनको निर्माण गरियो । दाउद मशिह, फिलिप गुरुङ्ग, बुद्धि सागरर पुतली गौतम उक्त मण्डलीका सुरुका नेपाली सदस्यहरू थिए। डेभिड मुखिया उक्त मण्डलीको मुख्य (senior) पास्टरको रूपमा आठवर्ष सेवाकाई गर्नुभयो। मण्डलीले ठूलो वृद्धि हासिल गरिरहेको थियो। १९६० मा नजीकैको गाउँमा छोरी मण्डली पनि स्थापना भयो ।
Photo taken from book Biographical History of Church in Nepal
१९६१ मा द डेभिड र प्रेमी लाई देश छाड्ने आदेश आयो किनभने उहाहरुलाई तानसेनमा बप्तिस्मा दिएको अभियोग थियो । गह्रौं हृदयलिएर उहाँहरु सिमापारी जानुभयो र प् वर्ष पछि फेरी पोखरा फर्किनु भयो र सोहि मण्डलीको पास्टर को रुपमा सेवा गर्नुभयो। नेपालमामण्डली स्थापनाको काम यसरी संघर्ष र प्रभुको अनुग्रहमा अघि बढेको थियो।
नोटः
यो लेख निम्न श्रोत प्रयोग गरेर तयार गरिएको हो :
1. Cindy Perry, A Biographical History of Nepal, (Kathmandu: Nepal church history project, 1989)
2. Jonathan Lindell, Nepal and the Gospel of God, (Kathmandu: Pilgrims Book House, 1997)
3. Rajendra K. Rongong, Early Churches in Nepal: An Indigenous Christian Movement Till 1990, (Kathmandu: Ekta Books, 2012)
सम्बन्धित लेखहरूः