राष्ट्रपति रनिङ शिल्ड : छात्रा कबड्डीमा धादिङले हालसम्म २ स्वर्ण, ४ रजत र ७ कास्य गरी १३ पदक प्राप्त

धादिङ । धादिङको छात्रा कबड्डी टोलीले दोलखाको चरिकोटमा जारी १५ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा स्वर्ण पदक जितेको छ ।
आज बिहान भएको फाईनल खेलमा काठमाडौँलाई ४९-२३ ले हराउँदै धादिङले स्वर्ण पदक जितेको हो।
यो सँगै प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा धादिङको दोस्रो स्वर्ण पदक हो ।
आईतबार एथलेटिक्स अन्तरगत जेवलिन थ्रो मा धादिङकी सिर्जना श्रेष्ठले स्वर्ण पदक जितेकी थिईन् ।
यस्तै धादिङको छात्र कबड्डी टोलीले केहीबेरमा स्वर्ण पदकको लागि भक्तपुरसँग खेल्ने जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिंह तामाङले जानकारी दिनुभयो।

धादिङले हालसम्म २ स्वर्ण, ४ रजत र ७ कास्य गरी १३ पदक जितेको तामाङले बताउनुभयो ।
उहाँका अनुसार छात्रा कबड्डीमा स्वर्ण, जेवलिन थ्रो मा छात्रा सिर्जना श्रेष्ठले स्वर्ण, जेवलिन थ्रो मा मानबहादुर दर्लामीले रजत, सुजन रावलले दौडमा रजत, शर्मिला तामाङले दौडमा रजत, कबिता तामाङले तेक्वान्दोमा रजत जितेकी छिन् ।
त्यसैगरी रितिक भुजेलले तेक्वान्दोमा कास्य, आशिष गुरुङले तेक्वान्दोमा कास्य, सुमिना बिश्वकर्माले तेक्वान्दोमा कास्य, सम्राट थापाले उसुमा कास्य, सृष्टि कार्कीले उसुमा कास्य, दिलिप भुजेलले उसुमा कास्य र प्रकृति तामाङले कराँतेमा कास्य पदक जितेकी छिन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।