बागमतीका मुख्यमन्त्रीले गुमाए दल नेताको हैसियत, भोलि संसदीय दल नेताको चुनाव

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल नेताको हैसियत गुमाएका छन्।
मंगलबार हेटौंडामा संसदीय दल नेता तामाङका पक्ष र विपक्षमा मतविभाजन गरिएको थियो।
जसमा मुख्यमन्त्रीसमेत रहेका संसदीय दल नेता तामाङको पक्षमा जम्मा १५ जना सांसद उभिए भने ईन्द्रबहादुर बानियाँका पक्षमा २२ जना सांसद उभिएका छन्। बागमतीमा कांग्रेसका ३७ जना सांसद छन्।
आज पक्ष र विपक्षमा मतविभाजन हुँदा मुख्यमन्त्रीका पक्षमा १५ र विपक्षमा २२ मत आएको छ । भोलि संसदीय दल नेता छान्न चुनाव हुने बताइएको छ।
संसदीय दल नेताको हैसियत गुमाएकोले मुख्यमन्त्री तामाङ फेरि संसदीय दल नेता निर्वाचनमा प्रतिस्पर्धा गर्छन् कि गर्दैनन् यकिन भइसकेको छैन।
अब सांसद बानियाँ संसदीय दल नेता र नयाँ मुख्यमन्त्री हुने तयारीमा छन्। मुख्यमन्त्री लामाको मन्त्रिपरिषदमा रहेका ५ जना कांग्रेसका मन्त्रीले पदबाट राजीनामा दिइसकेका छन्।
गत शुक्रबार २१ जना सांसदले दल नेता तामाङविरूद्ध हस्ताक्षर गरेका थिए। तामाङ र बानियाँ संस्थापन पक्षका हुन्।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।