धादिङ,खनियाबास। खनियाबास गाउँपालिकामा सञ्चालित रिलिफ परियोजनाको गाउँपालिका स्तरीय अनुगमन सम्पन्न भएकोछ।

सोमबार खनियाबासमा सञ्चालन भइरहेको रिलिफ परियोजनाको पालिका स्तरीय अनुगमन समिति पत्रकारहरूको टोलिलेअनुगमन गरेको छ।

पालिका स्तरीय अनुगमन कार्यक्रममा परियोजनाले गरेका कृषि पशुमा प्राविधिक सहयोग, जानकारी, समुहगत अन्तरक्रिया , जलवायु अनकुलन पाठशाला लगायतका बारेमा वटा समुहमा अनुगम गरिएको फिल्ड संयोजक पवन प्याकुरेलले जानकारी दिनुभयो प्रयास नेपाल धादिङले आड्रा नेपालको साझेदारीमा खनियावास गाउँपालिकामा रिलिफ परियोजना सञ्चालन गरिएकोछ।

परियोजनाको पालिका स्तरीय सार्वजनिक सुनुवाइ कार्यक्रम भोलि मंगलबार गाउँपालिकाको सभाहलमा हुने प्रयास नेपालधादिङका पशुस्वास्थ्य प्राविधिक रुपेश तामाङले बताउनु भयो

अनुगमनका क्रममा खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङले गाउँपालिका पनि कृषि क्षेत्रको विकासमा कामगरीरहेको बताउँदै सहयोगि हातको रूपमा परियोजनाले धेरै सहयोग गरेको बताउनु भयो उपाध्यक्ष तामाङले आगामी दिनमा पनियस्तै सहयोगको अपेक्षा गर्दै गाउँपालिका सहकार्य गर्न प्रतिवद्ध रहेको बताउनु भयो किसानहरुसंग कुरा गर्दै उपाध्यक्ष तामाङलेनयाँ जलवायु उत्थानशील कृषि प्रविधिलाई अवलम्वन गरेर आय आर्जन बढाउन जलवावायु परिवर्तनको असरलाई कम गर्नेकार्यमा सहयोग गर्न आग्रह गर्नु भयो यसकालागि गाउँपालिका पनि किसानलाई सहयोग गर्न दृढ रहेको उहाँले बताउनु भयो

अनुगमन कार्यक्रममा खनियाबास गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ,प्रयास नेपालका अध्यक्ष वीर बहादुर श्रेष्ठ,आड्रानेपालका फिल्ड अधिकृत दिलिपचन्द्र ढकाल, पत्रकार महासघं धादिङका नि.वर्तमान अध्यक्ष राजाराम शर्मा,रिलिफपरियोजनाका फिल्ड संयोजक पवन प्याकुरेल लगायत कार्यचारीहरूको सहभागीता रहेको थियोे अनुगमन कार्यक्रममा करिब७० जना कृषक हरको सहभागीता रहेको थियोे

तस्बिर : शिवराज आचार्य

धादिङ  नेपाल पत्रकार महासंघ धादिङको ०८१ चैत गते बसेकाे बैठकले पत्रकारको हक हित, तथा सुरक्षा, प्रेस स्वतन्त्रतालाेकतन्त्रकाे पुर्ण उपभोगको आव्हान गर्दै विभिन्न निर्णय सहित सकिएकाे

नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सीताराम अधिकारीकाे अध्यक्षतामा बसेकाे बैठकले  सदस्यता नविकरणका लागिसदस्यहरुलाई अनुराेध गरेकाे

सदस्यहरुले कार्यालयमा सम्पर्क गरेर नविकरण गर्न सक्नेछन् सबै सदस्यकाे सदस्यता समय चैत मसान्तमा सकिँदै  

नेपाल पत्रकार महासंघ, धादिङ शाखाकाे सूचना अधिकारीमा सन्ताेषराज श्रेष्ठ, गुनासाे सुन्ने अधिकारी मा बद्री अधिकारी लैंगिक सम्पर्क व्यक्ति (फाेकल पर्सन) अस्मिता पाेखरेललाई ताेकिएकाे निर्यण गरेकाे नेपाल पत्रकार महासंघका सूचनाअधिकारी सन्ताेषराज श्रेष्ठले जानकारी दिनुभयाे  

नेपाल पत्रकार महासंघ स्थापना दिवसकाे अबसरमा धादिङ शाखाले चैत १६ गते संचारकर्मी संचार संस्थाहरुसंग अन्तर्कृया गर्नेकार्यक्रम तय गरेकाे

नेपाल पत्रकार महासंघकाे जिन्सि अभिलेख दुरुस्त नदेखिएकाेले जिन्सि अभिलेख गर्नका लागि अनिल नेपालीलाई जिम्मेवारीदिईएकाे  

नेपाल पत्रकार महासंघकाे कार्यालय नियमित संचालन गर्न कर्मचारी नियुक्त गरिएकाे  

नेपाल पत्रकार महासंघका संस्थापक सचिव तथा पुर्व अध्यक्ष राजेन्द्र प्रताप शाहकाे शालिक निर्माणका लागिसाझेदारी गर्न अाब्हानसमेत गरिएकाे

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।