संग्रह

कृष्णमणि पराजुली

धादिङ।मानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै होला हामीले अनुभव गरेकै हो कुरा हो, बाटोमा हिँड्दा हामीलाईकेही सानो दुखाइ हुन गयो भने पनि त्यो दुखाइले आमाको सहयोग मागेको हुन्छ कुनै नराम्रो घटना हाम्रो आँखाले देख्न पुग्यो भने पनिआमा भन्न त्यो दृश्यले बाध्य गराएकै हुन्छ त्यसैगरी कुनै पनि असहज काम गर्नुपरेको बेलामा पनि आमालाई सम्झिएकै हुन्छाँै त्योसम्झाइले हामीलाई आफ्नो कार्यसम्पादनमा हौसला मिलेको हुन्छ अबोध बालक रुँदा पनि आमालाई सम्झी सम्झी रोएको हुन्छ यसरी हाम्रो जीवनमा आमाको महत्व अथाह भए पनि यदाकदा हामीले तदनुरूपको आचरण एवम् व्यवहार गरेका छैनौँ कि भन्नेतर्फएकचोटि सोच्नै पर्दछ  

आमा भन्ने शब्द मानवदेखि जनावरसम्मलाई उत्तिकै प्रिय लाग्ने शब्द हो बालक जन्मिएपछि जब उसको तोते बोली फुट्छ, सर्वप्रथमउसले उच्चारण गर्ने शब्द आमा नै हो हामीलाई अकस्मात कुनै आपत आइपर्यो भने पनि फुत्त मुखबाट निस्कने शब्द आमा नै हो कुनैसमस्या आइपरेको समयमा पनि लौन आमा के गर्ने भनी हामी आमालाई ठूलो ठूलो स्वरले चिच्याएकै हुन्छौं कसैसँग कुनै झैझगडाभयो भने मेरी आमाले मलाई जन्माएकै हैन भनी ध्वांश दिने पनि गरेकै छौं बालक कालमा कसैसँग झैझगडा हुँदा मेरी आमालाई ल्याउँछुभनेर ताकत पनि देखाएकै हुन्छौँ यसरी हाम्रो दैनिक जीवनमा पनि आमालाई उच्च मान्यता दिइआएको पाइन्छ

यूनिश तामाङ भन्नुहुंछ,

आमा शब्द मानवसँग मात्र सम्बन्धित भएको हुँदैन पशु तथा जनावरसँग पनि त्यत्तिकै सम्बन्ध रहेको हुन्छ कुनै पशुले बच्चाजन्माएपछि केही समयको अन्तरालपछि नै आमालाई सङ्केत गरी बोलाएको हुन्छ चराचुरुङ्गीले पनि बेला बेलामा च्याँ च्याँ गरीआमालाई नै बोलाएको हुन्छ अन्य जीव जन्तुहरूले पनि आमालाई विभिन्न रूप तरिकाबाट खोजेकै हुन्छन् प्रथम सृष्टिकर्ता एवम्पहिले देखिन आउने वस्तु आमा भएको हुनाले यी दुईबीच प्रगाढ माया, ममता तथा स्नेह हुन गएको हो आमा भन्ने शब्द यो संसारमासबैका लागि उत्तिकै प्रिय हुन पुगेको

विश्व इतिहासलाई अध्ययन गर्ने हो भने पनि ठूला ठूला साहित्यकारहरूले पनि आमालाई मुख्य स्थान दिइआएको पाइन्छ विश्वकाचर्चित उपन्यासकार म्याक्सिम गोर्कीले पनि आफनो प्रसिद्ध उपन्यासको नाम नै ुआमाराख्न पुगे केवल उनले नाम मात्र राखेनन् मुख्य पात्र नै आमालाई बनाइदिए आमाको भूमिका क्रान्तिकारी बनाई दिए यसले कारखानामा काम गर्ने सबैले उनलाई आमा भनीसम्बोधन गर्न थाले क्रान्तिको विगुल फुकेर सबै मजदुरहरूलाई एकजुट हुन आह्वान गर्ने काम पनि तिनै आमाबाट सुरु भएको थियो

त्यस्तै गरी विश्व साहित्यमा नोबेल पुरस्कार बिजेता पर्लस् एस बकले लेखेको गुड अर्थ भन्ने उपन्यासमा पनि अनिकाल भोकमरीलेआक्रान्त पारेको समयमा पनि बुढी आबोइले भविष्यको लागि बीउ लुकाएर जोगाइराखेको कथा निकै रोचक पछि त्यही बीउलेखेतीपाती गरेर भोकमरीबाट जोगिन पुगेको कुरा निकै मार्मिक

दस बाह्र वर्षअघिको खबर हो, चीनको अमुक ठाउँमा पहिरो गएर आमा काखको बालक पुरिए पहिरो ठूलो भएकाले उद्धार कार्यसम्पन्न गराउन धेरै दिन लाग्यो जमिन मुनि पुरिए पनि उनीहरू दुवै बाँची नै रहेका रहेछन् अन्न, पानी केही नभएको हुँदा कसरीछोरालाई बचाउने भनी उनलाई चिन्ता पर्न थाल्यो आफू मरेर पनि छोरालाई बचाउने उद्देश्यले आफ्नो स्तनको मुण्टोलाई टोकेर रगतनिकालेर छोरालाई बचाउन सफल भएकी थिइन् हामी आफै कल्पना गरौँ, आमाको माया आफ्ना सन्तानप्रति कस्तो हुँदो रहेछ

अर्को एउटा घटना पनि मलाई यहाँ उल्लेख गर्न मन लाग्यो कुनै नदीको किनारामा बस पल्टिँदा आफ्नो छोरालाई पाखामा फालेरआफूले मृत्युवरण गरेको छोरालाई बचाएको घटनाले सबैको मन दुखेको हुँदो हो गङ्गामाया नन्दप्रसादको छोराप्रतिको बात्सल्यप्रेम कस्तो हुँदो रहेछ भन्नेत सबैलाई थाहा नै नन्दप्रसादले प्राणको आहुती नै दिए

आमाको माया कति अगाढ हँुदो रहेछ भन्ने कुरा भनी साध्य नै छैन स्थलचर, जलचर सबैमा उत्तिकै हुँदो रहेछ एउटा बाँदर्नीले आफ्नोमरेको छाउरोलाई पिठ्युँमा बोकेर हिँडिरहेकी हुन्छे यसरी समातिरहन उसलाई गाह्रो पर्न थाल्यो आफ्नो पेटमा एक हातले च्यापेरअर्को हातले टेक्दै हिँडिरहेकी हुन्छे मरेको शरीर गह्रँुगो हुने हुँदा उसले बोकेर हिँड्न नसकेर सडकको एकान्त कुनामा मृत बच्चालाईएकोहोरो हेर्दै आँखाभरी आँशु भएको दृश्य यदा कदा देख्न पाइन्छ यसरी एउटा बाँदर्नीले आफ्नो सन्तानप्रति यति ठूलो मायादेखाउँछे भने हामी मानव प्राणीले देखाउनु के ठूलो कुरो भयो ?

अमाको माया कति कस्तो हुन्छ भन्ने बारे माथिका केही प्रतिनिधिमूलक घटना मात्र हुन् यस्ता अनगिन्ती घटना हाम्रो समाजमा भई नैरहेका छन् हाम्रो धर्म, संस्कृति, शास्त्रमा पनि आमालाई महत्वपूर्ण स्थान दिइएको पाइन्छ मातृ देवो भवस् पितृ देवो भवस् भन्नेप्रचलनले पनि आमालाई उच्च आदर एवम् सम्मान गर्नुपर्ने भाव झल्किएको आजभोलिका कवि कवयत्रीका रचनाहरूमा पनि आमाबारेमा धेरै नै रचना भएका छन् यी सबै सर्जकहरूलाई आमाप्रतिको प्रेम भएको कारणले नै होला

आमालाई घृणा गरेर वृद्धाश्रममा बेवारिसे अवस्थामा छोडेका लाउन खान नदिएर विचल्लीमा पारेका घटना पनि नदेखिएका होइनन् यद्यपि सबै मानिसको भावना, विचार तथा व्यवहार एउटै हुँदैन जेहोस् आमाले जति आफ्ना सन्तानलाई माया गर्छिन् सन्तानले निश्चयनै त्यति गरेका हुँदैनन्

नेपालको सन्दर्भमा भन्ने हो भने आमालाई आदर गर्ने चलन परापूर्व कालदेखि नै चलिआएको पाइन्छ घरबाट टाढा जाँदा वा बाहिरबाटघर आउँदा आमालाई ढोग गरी आशीर्वाद लिने प्रचलन हामीहरूले मानी आएकै छौँ यो प्रचलनले एकातिर आमा छोरामा आगाध मायाममता बस्न जान्छ भने व्यक्तिको आचरणमा पनि सुधार भएको हुन्छ यसरी हाम्रो पूर्वीय दर्शनमा आमालाई उच्च स्थानमा राखी आएकानै
पहिले बाल्यकालमा आमाले दुःख कष्ट एवम् विभिन्न  हण्डर खाएर आफ्ना सन्तानलाई हुर्काएकी हुन्छिन् पछि आमा वृद्ध भएकोअवस्थामा छोराछोरीले पनि आमाले जस्तै माया तथा प्रेम गरून् भन्ने नै हाम्रो हिन्दु धर्मको मुख्य मर्म रहेको पाइन्छ त्यसैले हाम्राधर्मशास्त्रमा पनि आमा बाबुको कर्तव्य छोराछोरीले गर्नुपर्ने आचरणबारे उल्लेख भएको पाइन्छ पश्चिमी संस्कारमा अशक्त आमाबाबुलाई घरमा राख्दा त्यति स्याहार सुधार नपुग्नेदेखि स्याहार सुसार केन्द्रमा लग्ने प्रचलन बढ्दै गएको भने नेपालमा भने सकभरआफ्नै घरमा राखेर हेरचाह गरिन्छ बाध्यात्मक अवस्थामा मात्र आश्रममा लगिने गरिन्छ यसरी नेपालमा मात्र हैन, अन्य देशहरूमा पनिआमालाई विशेष स्थान दिई आदर गरेको पाइन्छ  

अन्त्यमा
जीवन जगतमा आमाको माया अपरम्पार नै जीवजन्तु तथा जनावरले समेत आफ्ना बच्चालाई कसरी माया गरेको हुन्छ भन्ने कुराहाम्रा आफ्नै आँखाले देखेकै छौँ भने हामी विवेकशील मानव प्राणी हौँ, हाम्रो कर्तव्य नै हुन्छ, आमालाई माया गर्नु

Screenshot

अच्युत घुमिरेलेख्नुहुंछ,

फेरि एक पटक मलाई आमा शब्दले बेस्सरी चिमोट्यो आमा साँच्चै सर्वप्रिय शब्द रहेछ संसारमा सबैभन्दा शक्तिशाली शब्द आमाहो आमा श्रद्धाले भरिएको शब्द हो आमाले जस्तो सन्तानको माया अरूले गर्न सक्दैनन् मात्रामा धेरथोर हुन सक्छ, सन्तानको मायाबुवाले पनि उत्तिकै गर्छन् आमाले जन्माएको, काखमा खेलाएको, स्तनपान गरेर हुुुर्काएका कारण केही बढी हुनु स्वाभाविक हो यही कारण सन्तानका लागि आमा साक्षात् देवी हुन्  

भनिन्छ पतिपत्नी रथका दुई पाङ्ग्रा हुन् यी दुई छन् नै सृष्टि थामिएको आमा पनि दुवैका छन् ती दुवै आमाको महì उत्ति नै मलाई मेरी आमाले असाध्यै माया गर्नुहुन्थ्यो सम्झन्छुआमाले गरेका गाली मेरै लागि थिए, बिनाकाम बरालिँदा सिर्कानोलिएर खेदाएको मेरै लागि थिए आमाका स्नेहिला हातले पकाएका खाना, बिरामी हुँदा काखमा राखेर फुल्याएका क्षण, सबै मेरा लागिनै थिए आमाका गाली, आमाका आशीर्वाद सबै मायाले भरिएका हुन्छन् आमाका जुनसुकै काममा छोराछोरीकोे सुख शान्तिकोकामना जोडिएको हुन्छ आमा साँच्चै ममताकी खानी हुन् आमा मनमा छोराछोरीको माया भरिएको हुन्छ

आमालाई कसरी बिर्सन सक्छु ? माटोसँग खेलेर, माटोमा बीज उमारेर प्राप्त भएको अन्न आमाकै परिश्रमका फल थिए हामीलेसहरको सुखभोग पछि गरेका हाँै त्यो कृत्रिम सुखभोगभन्दा गाउँको प्राकृतिक दुःखमा नै अपार आनन्द हुन्छ प्रायः हामी सबैकाआमा गाउँको दुःखजिलोमा छोराछोरीको खुसीका लागि बाँचेका हुन्थे मेरी आमाको कोखबाट मोरङको दक्षिणी भूभागहोक्लाबारीमा जन्मिएँ आमा भन्नुहुन्थ्यो, “यही टेबलमुनि तँ जन्मिएको होस् आमा नभएको भए कहाँ जन्मिएको हुँ, कसरी थाहाहुन्थ्यो ? मलाई सम्झना , टाँडे घर, माटाले लिपेकोे बेरा, पूर्वतिर बाहिरैबाट चढ्ने गरी बनाइएको सामान्य काठको याङ, खरलेछाएको छानो, सामान्य ग्रामीण घर थियो हाम्रो त्यस बेला मधेशमा घरले मान्छे कतिको धनी थियो भन्ने परिचय दिन्थ्यो दुई अढाईबिघासम्म जग्गा हुनेका घर त्यस्ता हुन्थे त्योभन्दा कम हुनेको भुइँघर हुन्थे १०१२ बिघा जग्गा हुनेका काठका, वरिपरि रेलिङ भएकामुन्डा घर आँगनमा मन्दिर जस्तो आकारका भकारी हुन्थे त्योभन्दा बढी हुनेका अझ भव्य घर घर परिसर जति धनी हुँदै गयो, त्यहीअनुसार मान्छेका घर हुन्थे यिनै विविधतायुक्त कुराले गाउँ, गाउँ जस्ता लाग्थे गाउँमा बस्नुको मज्जा नै अर्कै हुन्थ्यो हाम्रो घरपश्चिम कोचिनी खोला थियो सफा, कञ्चन पानी, हामी केटाकेटी पौडी खेलेर, माछा मारेर रमाउँथ्यौँ त्यहाँ अलि माथि देवीथान त्यसले चर्चेको फराकिलो चौर थियो त्यहाँ हामी केटाकेटी ठुलाहरूसँगै गाईवस्तु हेर्न जान्थ्यौँ ठुलाहरू हामी केटीकेटीलाई कुस्तीलडाएर रमाइलो साटासाट गर्थे सम्झन्छु, यस्ता अनेकौँ खुसी आमा हुनुहुन्थ्यो मैले प्राप्त गरेको थिएँ बुवाको खासै हामीप्रतिजिम्मेवारी थिएन त्यस बेलाका प्रायः सबैका बुवा त्यस्तै हुन्थे उनीहरूसँग पुरुष हुनुको दम्भ हुन्थ्यो मेरो बुवा दिनभरि विद्यालयमारहनुहुन्थ्यो राति अबेर घर फर्कनुहुन्थ्यो बुवाको व्यक्तित्व कडा मिजासको थियो बुवालाई देख्नासाथ गाउँलेहरू जुँगे हेडसर आयोभनेर डराएर घरमा लुक्थे बिदाका दिन बुवा खाना खाएर दिउँसो घण्टा सुत्नुहुन्थ्यो हामीले निद्रामा बाधा पुयायौँ भने उहाँ लौरोलिएर कराउँदै आउनुहुन्थ्यो हामी पनि उहाँले कराएको सुन्नासाथ डराएर खेतको पल्लो छेउमा लुक्न पुग्थ्यौँ कहिले भकारीकोकुनातिर, कहिले खाटमुनि लुकेर बुवाले देख्नुहोला भनी लगलग कामेर बस्थ्याँै त्यसैले सामीप्यता आमासित हुन्थ्यो आमा काखमाराखेर अनेक कथा सुनाउनु हुन्थ्यो बिरामी हुँदा ढाडमा बोकेर कहिले नहर पारि धामिकोमा, कहिले रञ्जनी स्वास्थ्य चौकीमापु¥याउनुहुन्थ्यो आमाको पछि लागेर साप्ताहिक रूपमा लाग्ने हाट बिर्निया दोभानासम्म पुग्थेँ गाउँमा हुर्किएका प्रत्येकछोराछोरीले यसरी आमाको माया पाएका हुन्छन्  

हाम्रो घर आमाकै आँटले चलेको थियो आमाको त्यो अथाह आँट देखेर गाउँलेहरू समेत छक्क पर्थे एक जना बङ्गाली दाइ (२०२२उमेरको व्यक्ति) हामीकहाँ सहयोगीका रूपमा बसेको मलाई सम्झना उनी प्रत्येक वर्ष महिना बसेर खेतीको काम सघाउँथे  

आमाका लागि प्यारो थिएँ प्रत्येक छोराछोरी आमाका लागि प्यारा हुन्छन् आमाको मृत्युपछि मैले आफूलाई एक्लो महसुस गर्नथालेको थिएँ यस्तो लाग्थ्यो, मलाई माया गर्ने कोही छैनन् विवाहपछि त्यो अभाव मैले महसुस गर्नु परेन जन्म नदिए पनि सम्बन्धलेयस्तो बनाइदिँदो रहेछ सासूले पनि आमापछि आमाले जत्तिकै माया गर्दा रहेछन् यति फरक हो, आमासँग जन्मदेखिकै नाता हुन्छ, त्यो अरू कसैसँग तुलना योग्य नै हुँदैन सासूआमा चाहिँ आमाको स्थानमा दोस्रो आमा हुन् औपचारिकताका कुराले आमा जस्तोखुलेर मन साट्न नसके पनि व्यवहारले सासूआमाले खन्याएका मायाका भाव नबुझिने कुरै थिएन मैले मेरी सासूआमामा विशाल हृदयदेखेको छु बाँचुन्जेल उहाँले मप्रति सद्भाव खन्याइरहनुभयो उहाँ पनि मलाई मेरी आमा जस्तै महान् लाग्थ्यो महसुस गर्थे, आमाभएर आमाको माया दिने दुई व्यक्ति हुँदा रहेछन्आमा सासूआमा  

यी दुवै आमा हुन् बाँचुन्जेल उनीहरू आमा भएर नै बाँच्छन् सासूआमा वर्षदेखि थलिनुभएको थियो यी वर्ष उहाँलाईदेख्नासाथ विगत सम्झन्थे, स्वास्थ्य स्वयंसेविका, टाँडी गाविस मोरङको वार्ड सदस्यका रूपमा उहाँ सव्रिm भएका दिनहरू घरमासासूआमाकै हैकम हुन्थ्यो, व्यवहार सबै उहाँको हातमा ससुरा बुवा निरीह लाग्नुहुन्थ्यो उहाँको अगाडि सासूआमा निडर, गाउँलेकोप्रिय पात्र हुनुहुन्थ्यो समाजमा कुनै समस्या ¥यो, त्यसलाई सुल्झाइदिने न्यायमूर्ति हुनुहुन्थ्यो मोरङको उत्तरी भेग महाभारत पर्वतशृङ्खलाको फेदी धोबेनी बजारमा सामाजिक अगुवा महिलाका रूपमा उहाँको परिचय थियो त्यो सानो ठाउँमा सामाजिकअभियन्ताका रूपमा उहाँको भूमिका ठुलो थियो त्यस्ती बघिनी जस्ती शक्तिशाली मान्छे थला परेपछि कमजोर बन्नुभयो केही वर्षयता उहाँले हाँस्न बिर्सनुभएको थियो तर उहाँसँग आमाको विशाल हृदय भने अन्तिम अवस्थासम्म पनि थियो सम्झन्छुमेरी आमापनि गाउँलेका लागि अति नै मनपराइने हुनुहुन्थ्यो तर सामाजिक योगदान चाहिँ उहाँको थिएन, सासूआमा चाहिँ घरभन्दा बढी समाजकालागि बाँच्नुभएको थियो त्यो सानो ठाउँमा दुई दशकभन्दा बढी उहाँले गरेको सामाजिक योगदान त्यस ठाउँले सधैँ सम्झिरहने यसरी आमाहरूले फरक फरक भूमिकामा आफूलाई प्रस्तुत गरिरहेका हुन्छन्  

अब मैले दुवै आमा गुमाएँ यो सृष्टिको नियम नै हो आमाको माया सधैँ प्राप्त हुँदैन, भइरहँदैन आमाहरू सधैँ बाँचिरहँदैनन् तरजुन बेलासम्म आमाहरू बाँच्छन्, सन्तानका लागि बाँचेका हुन्छन्, आफू रित्तिएर सन्तानले सुखभोग गरेको हेर्न चाहन्छन् त्यसैले आमाधर्ती हुन् सारा बोझ आफूले बोकेर छोराछोरीको अनुहारमा मुस्कान भरिएको हेर्न चाहने आमा बाँचुन्जेल हामी पनि आमाकै लागिबाँचाँै अहिले मसँग मेरी आमा हुनुहुन्न  

आमा हुनुभएको भए आमाले गरेका कर्तव्य सम्झी सारा माया आमामाथि खन्याउँथे जहाँ उभिएको छु, आखिर त्यसको आधारभूमिमेरी आमा नै हो छोराछोरीले आमाको यो विशाल हृदयलाई कहाँ बिर्सन हुन्छ ! आमा सन्तानका लागि भएभरको माया खन्याउनेममताकी सागर हुन्, आमा देश हुन् आमा नभएको भए देश हुन्थ्यो ?

आमा भएर नै मैले यो भूमि टेक्न पाएको छु, देशको परिचय बोकेर बाँच्न पाएको छु  

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।