धादिङ,खनियाबास।त्रिपुरा गाऊँपालिकाका शाखा अधिकृत नवराज श्रेष्ठ सम्मानित भएका छन् ।  उत्तरी धादिङको खनियाबास गाउँपालिकामा शनिबार आयोजित एक समारोहका वीच शहरी विकास मन्त्री एवम् उपप्रधानमन्त्री प्रकाशमान सिंहले उनलाई कदरपत्रद्वारा सम्मान गरेका हुन् । 

गाउँपालिका अध्यक्ष रण बहादुर तामाङको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि उपप्रधानमन्त्री सिंह, विशिष्ट अतिथि पूर्व कानून, न्याय तथा संघीय मामिला राज्यमन्त्री दिनमान पाख्रीन तामाङले खनियाबास गा.पा का नि.बर्तमान निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा हाल त्रिपुरा सुन्दरी गाऊँपालिकाका शाखा अधिकृत श्रेष्ठलाई दोसल्ला  ओढाएर तथा मायाको चिनो र कदरपत्र प्रदान गरी सम्मान गरे ।

खनियाबास गाउँपलिकाको प्रशासकीय भवन निर्माणको प्रारम्भिक चरणमा देखी अनेकौ प्रकारका कठिनाई संग अविचलित र  अविछिन्न रही पालिकाको गौरवको रुपमा भवन निर्माण र निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गर्दै गर्दा श्रेष्ठले चुस्त र प्रभावकारी सेवाप्रवाहमा पुर्‍याएको अतुलनीय योगदानको उच्च मुल्यांकनका साथ श्रेष्ठलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष रण बहादुर तामाङले तामाङले बताए । 

श्रेष्ठ हाल त्रिपुरा सुन्दरी गाऊँपालिकाको शाखा अधिकृतको जिम्मेवारीमा छन् । उनलाई खनियाबासमा एक अब्बल निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा चिनिन्छ ।

जिम्मेवारी पाएको ठाउँमा कुसलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै विकास र सुशासनको पक्षमा अडिग रही नमुना  तथा उदाहरणीय कार्य गरि सबैको मन जित्ने खुवी भएका श्रेष्ठ खनियाबास गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा शनिबार सम्मानित भएका हुन् । 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।