महानगरकै छानबिनमा प्रशासकीय अधिकृत ‘निर्दोष’

Screenshot

काठमाडौं काठमाडौं महानगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत पूर्तिको विषय अहिले सर्वत्र चासो चर्चाको विषय बनेको प्रशासकीय अधिकृत नपठाएको भन्दै बालेनले फेसबुकमै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध स्टाटस लेखिरहेका छन्

पुरानो बसपार्क क्षेत्रमा निर्माण भइरहेकोभ्यू टावरको नक्सा स्वीकृत गर्दा अनियमितता गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत सरोजगुरागाईँमाथि बालेनले छानबिन समिति बनाएर कारवाही प्रक्रिया थालेका थिए छानबिन जारी रहेको अवस्थामा उनले अर्कोप्रशासकीय अधिकृत पठाइदिन संघीय तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरे तर, सरकारले पहिले गुरागाईंको विषयटुंगिनुपर्ने भनेर अर्को प्रशासकीय अधिकृत पठाएको छैन

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गुरागाईंमाथि भएको छानबिनको प्रतिवेदन मागेको समाचार सोमबार बाहिरिएको उपमेयरसुनिता डंगोलले समेत मेयरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्

बालेनले नै बुझ्न मानेनन् प्रतिवेदन

प्रतिवेदन लुकाइएको आरोपपछि बालेनले मंगलबार हिजो लामो स्टाटस लेखेर प्रतिवेदन तयार नै नभएको जिकिर गरेका छन्

लुकाउनलाई हुनु पर्‍यो नि, होइन ? रिपोर्ट बनेकै छैन, लुकाइयो भन्ने भ्रम फैलाइन्छ,’ उनको भनाइ

तर, बालेन आफैँले बनाएको छानबिन समितिको प्रतिवेदन उनैले बुझ्न नमानेको खुलेको

बालेनले सुरूमा पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा छानबिन समिति बनाएका थिए तर, पौडेलले बस्न अस्वीकार गरेपछिपूर्वसचिव शंकरप्रसाद पाण्डेलाई जिम्मेवारी दिइयो समिति सदस्यमा सहरी योजना आयोगका उपाध्यक्ष सुमन नरसिंह राजभण्डारी महानगरकै कानूनी सल्लाहकार महेश नेपाल सदस्य छन्

समितिलाई एक महिनाको समय दिइएको थियो उक्त समय गुज्रिएपछि फेरि अनौपचारिक रूपमा १० दिनको समय थप गरिएकोथियो पाण्डे नेतृत्वको समितिले फागुन गते थपिएको १० दिन अपुग हुने भन्दै थप १५ दिन म्याद दिनका लागि महानगरसँग अनुरोधगरेको थियो

भ्यूटावरसम्बन्धी सम्पूर्ण प्रक्रियागत बिबरण प्राप्त गर्न समय लागेकोले थप विस्तृत अनुसन्धान, कानूनी तथा प्रविधिगत पक्षको थपअध्ययन, सरोकारवालाहरूसँगको परामर्श, संलग्न कर्मचारीहरूको प्रतिक्रिया, प्राविधिक रिपोर्टहरूको समीक्षा समेत गरी छानबिनकार्यलाई निष्पक्ष, व्यवस्थित वैज्ञानिक रूपमा प्रतिवेदन तयार गर्ने जस्ता कार्यहरूको लागि थप समय आवश्यक भएकोले छानविनसमितिको म्याद पन्ध्र (१५) दिन थप गरिदिनुहुन समितिको मिति २०८१/११/०५ को निर्णयानुसार अनुरोध ’, चलानी नम्बर २२ को पत्रमाभनिएको

तर, दोस्रोपटक म्याद थपका लागि गरिएको आग्रह बालेनले अस्वीकार गरिदिएका छन् म्याद थपको निर्णयार्थ पेश गरिएको टिप्पणीमाउनलेसार्वजनिक निर्माण विभाग, कानून विभाग सहरी व्यवस्थापन विभाग प्रमुखले राय पेश गर्नेभन्दै समितिकोम्याद थप नगर्नेतोक आदेश गरेका हुन्

हेर्नुस् प्रमाण

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।