धादिङ।हिराल्डो काई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा रजत पदक विजेता सन्तोष राईलाई अमेरिकाको न्यूयोर्कमा एक विशेषसमारोहका बीच नगदसहित सम्मान गरिएको छ।
च्याम्पियन मार्शल आर्ट्स एकेडेमी यूएसएको आयोजना र युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिकाको सहकार्यमा आयोजितऔपचारिक कार्यक्रममा राईको उल्लेखनीय अन्तर्राष्ट्रिय उपलब्धिको सम्मान गरिएको हो।
उक्त अवसरमा विभिन्न व्यक्तिहरूको संयुक्त योगदानमा राईलाई कुल ४ हजार ४ सय अमेरिकी डलर बराबरको नगद पुरस्कार प्रदानगरिएको थियो।
त्यसअनुसार च्याम्पियन मार्शल आर्ट्स क्लब यूएसएले एक हजार डलर, डियन्जङ पुनले एक हजार, युनाइटेड किरात राई अर्गनाइजेसनअफ अमेरिकाले १,५०० डलर र रुद्र राईले ९०० डलर प्रदान गरेका थिए।
कार्यक्रमको अध्यक्षता च्याम्पियन मार्शल आर्ट्स क्लब यूएसएका अध्यक्ष तथा ११औं साग र १३औं एपिएसकेएफ स्वर्ण पदक विजेताप्रशिक्षक सुनील लामाले गरेका थिए।
उनले खेलाडीको हौसला अभिवृद्धि गर्न पुरस्कार प्रदान गरिएको बताए।
लामाले विशेष गरी डायस्पोरा समुदायभित्र खेलाडीले उत्कृष्ट नतिजा दिइरहेको बताए।
युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरीका (यायोख्खा) को केन्द्रिय महासचिव मुक्ति राई र निवर्तमान न्यूयार्क च्याप्टर अध्यक्षममता राइको पहलमा नेपालका लागि पदक विजेता सन्तोषको सम्मान कार्यक्रम आयोजना गरिएको हो।
सन्तोषले न्युयोर्कस्थित कोरोनामा सम्पन्न च्याम्पियनसिपमा सन्तोषले सिनियर एकल कातातर्फ रजत पदक जितेका थिए।
फाइनलमा अमेरिकाका कर्नाडोसँग पराजित भएपछि सन्तोष यसपल्ट पनि रजक पदकमा नै सीमित भए।
यस वर्ष उनको यो पहिलो पदक पनि हो। गत वर्ष पनि सन्तोषले इङ्ल्यान्डमा सम्पन्न इङ्ल्यान्ड कराते फेडेरेसन ओपन कराते सिरिजमारजत जितेका थिए।