फिस्टे चराले बोकेर ल्याएको थियो,नेपालको ठूलो ढुङ्गा ‘बिजुलुङ ढुङ्गा’,

धादिङ,खनियाबास।उत्तरी धादिङको खनियावास गाउँपालिका वडा ०३ स्थित कुरी गाउँ भन्दा केही तल सिँढी हुँदै ओर्लिदा खेतआइपुग्छ। खेतका गराहरू कान्लामा ठूलाठूला ढुङ्गाको लस्कर देखिन्छन्। ठूलाचाक्ला पाटाका माझामाझ ठूलाठूला ढुङ्गाहरूकहाँदेखि आइपुगेका हुन्, भन्ने कुराले दिमाग रन्थनाउँछ।

अझ दिमाग रन्थनाउने कुरा के भन्दा सोही खेतको ठ्याक्कै माझमा एउटा ठूलो ढुङ्गा ठिङ्ग उभिएको (आइसोलेटेड ढुङ्गा)पहाडसँग काँध साटेर या पहाडसँग टाँसिएर विभिन्न खोला तिर एवम् पहाड फेदीमा ठूलाठूला ढुङ्गाहरू देखिने भएता पनि आइसोलेटेडरूपमा यसप्रकार ढुङ्गा उभिएको दृश्य देख्न मुस्किल छ।

नमस्ते अर्थात् त्रिभुज आकारको दृश्यमा देखिने उक्त ढुङ्गालाई स्थानीयवासीहरू बिजुलुङ ढुङ्गा (याब्रा युङ्बा) भनेर बोलाउने गर्दछन्।बिजुलुङ बिजुली लुङ शब्द मिलेर बनेको हो। बिजुलीको अर्थ बिजुली चरा (अर्थात् फिस्टे चरा) लुङको अर्थढुङ्गाभन्ने हुन्छ।फिस्टो नेपालमा पाइने सानो चराको नाम हो।

धेरै वर्ष पहिला एउटा बिजुली नाम गरेको चराले उक्त ढुङ्गालाई सिङ्ल्हदेवी (सिङल्ह लेक)तर्फ लाग्दै गर्दा उक्त स्थानमा एउटा रुखकोहाँगोमा नाम्लो अड्किएपश्चात् यस खेतमा झर्न पुगेको जनविश्वास छ। बिजुली चराले यस स्थानमा ढुङ्गा खसालेको (छोडेको) हुनालेत्यस ढुङ्गाको नाम बिजुलुङ युङ्बा (याब्रा युङ्बा) रहेको किम्बदन्ती पाइन्छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।