धादिङ । सिङ्ला पर्यटन क्षेत्र बिकास समाज धादिङले आन्तरिक तथा वाह्य पर्यटकीय सम्भावना बोकेको धार्मिक, ऐतिहासिक रभौगोलिक महत्व र सुन्दरताले भरिभराउ खनियावास गाउँपालिका र रुबि भ्याली गाउँपालिकाको सङ्गम स्थान सिङ्ल्हामा धार्मिकमेलाको आयोजना गर्ने भएको छ ।
२०८२ बैशाख २७ देखि २९ गते सम्म चल्ले उक्त धार्मिक मेलामा धार्मिक कार्यक्रम, स्थानीय झार्की नाच, लामा नाच, राष्ट्रियकलाकारहरुको प्रस्तुती सहितको सास्कृतिक कार्यक्रम साथमा सिङ्ला सम्बन्धी बकतृत्वकाल ,बादबिबाद प्रतियोगिता समेत हनेबताईएको छ ।
–सिङ्ल्हाको महत्व
लामो समयदेखि बोम्पो र लामाहरु हरेक वर्षको भदौ पूर्णिमाको दिन सिङ्ल्हामा प्रार्थना गर्न जाने प्रचलन रहेको छ । त्यो परम्पराबोम्पोहरुले आफ्ना शक्ति बढाउन वा नयाँ चेलाहरुलाई दिक्षान्त प्रदान गर्न सिङ्ल्हालाई रोज्ने गर्दथे । बोम्पोहरु सिङ्ल्हामा गएर वङ्गुरलिन दिन पाउनु सौभाग्य ठान्ने गर्दछन् । पर्यटकीय हिसाबले हेर्दा यहाँबाट गणेश हिमाल, लाङटाङ हिमाल, पाल्दोर पिक, मनास्लुहिमाल काखैमा भएको महसुस हुने गर्दछ ।
नेपालमा स्वीजरल्याण्ड जस्तै देखिने स्थानको खोजि गर्ने हो भने सिङला एक हो । प्राकृतिक सुन्दताले भरिएको यस सिङलाले विदेशपर्यटकको ध्यान त खिच्च नै हामी आम नेपालीको लागि पनि यो पुग्दै पर्ने ठाउँ रहेको छ । बौद्ध धर्मगुरु पद्यम सम्भबले वास गरेको स्थलर शक्तिको रूपमा रहेको यस सिङलामानेमा दर्शन गर्नाले पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको पुरा हुने धार्मिक दृष्किोणले जनविश्वास छ ।
पदयात्रा गर्न, हिउँमा स्केटिङ खेल्न, हाप्रे हेर्न, लालिगुरासका अनेक प्रजातिसँग साक्षत्कार गर्न, पिकनिक, भेला वा सम्मेलन आदि गर्नसमेत उपयुक्त देखिएको छ ।
–कसरी पुग्ने सिङ्ल्हा
सिङला पुग्ने अनेक बाटो तथा पदमार्गहरू छन् । यो यात्रा सहज र उपयुक्त हुन सक्छ ।
काठमाण्डौको बालाजु बाइपासबाट गल्छी त्रिशुली देवीघाट बट्टार त्रिशूली सोलेबजार सातदोबाटो किस्पाङ काहुले भाल्चे गोङ्गासम्ममोटर बाटो रहेको छ । सातदोबाटो सम्म पक्कि पिच सडक ८० किमि र बाँकि ३० किस्पाङ गाउँपालिका १ स्थित बाल्ची भाल्चे हुँदैगोङगा भञ्ज्याङसम्मको करिव ११० किलोमिटरक सडक यात्रा तय गर्नुपर्दछ । काठमाण्डौंबाट विहान भाल्चेको लागि नियमित बस छुट्नेगर्दछ । गोङगाबाट करिव साढे तीन घण्टाको पैदलयात्रा पछि रुपचेत पुगिन्छ । रुपचेतमा बास बस्ने र बिहान करिव डेढ घण्टा उकालोहिँडेपछि सिङल्हा मानेको टाकुरोमा पुग्न सकिन्छ ।