लक्ष्मी स्टील र सर्वोत्तम सिमेन्टले बुझाए २३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये ८४ लाख ९८ हजार रुपैयाँ

हेको लक्ष्मी स्टीलले डेडिकेटेड ट्रंक लाइनको विद्युत् खपतको बक्यौता महसुल तिर्न थालेको छ। 

२३ करोड ७९ लाख रुपैयाँ बक्यौतामध्ये लक्ष्मी स्टीलले शुक्रबार पहिलो किस्ताको ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको नेपाल विद्युत्प्राधिकरण, परासी वितरण केन्द्र प्रमुख सुरज रेग्मीले बताए। उद्योगले २८ किस्तामा बक्यौता तिर्ने भएको छ।

त्यस्तै, सुनवलमै रहेको सर्वोत्तम सिमेन्टले पनि बक्यौताको दोस्रो किस्ता बुझाएको छ। २८ किस्तामा बक्यौता तिर्ने प्रतिबद्धता गरेकोउद्योगले शुक्रबार दोस्रो किस्ताको ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको हो। यो उद्योगको बक्यौता ११ करोड ९६ लाख रुपैयाँ छ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।