भाटभटेनीले ठगेको भन्दै शरिरमा आगो लगाउनेसँग भाग्ने मीनबहादुर किन गर्दैछन् नौटंकी 

राम चन्द्र कार्की

धादिङ।इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्ष प्रेमप्रसाद आचार्य विभिन्न व्यवसाय गर्दा आफूले पाउनुपर्ने रकमसमेत नदिएरमर्न बाध्य पारेको उल्लेख गरेका थिए

उनको फेसबुक स्टाटसमा भाटभटेनीका सञ्चालक मीनवहादुर गुरुङ्गले पनि आफूलाई आर्थिक शोषण गरेका कारण अप्रिय निर्णय लिनबाध्य भएको उल्लेख गरेका थिए अघिल्लो दिन पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका आचार्यलाई प्रहरीले उद्धार गरेर अस्पतालपु¥याएको थियो तर, भोलिपल्ट बिहानै कीर्तिपुर बर्न अस्पतालमा उनको मृत्यु भएको थियो

 

मृत्यु अघि लेखिएको सामाजिक सञ्जालको यो अभिव्यक्तिले मीनबहादुर माथि नेपाली कानुनले अनुसन्धान गर्न प्रेरित गर्छ तर, योबिषयमा मीनवहादुरले कुनै सहानुभूति वा प्रतिकृया जनाएनन् आचार्यले स्पष्टसँग यस्तो अभिब्यक्ति लेखेर शरिरमा पेट्रोल खन्याएकाथिए –‘भाट्भटेनीका मीन बहादुर गुरुङजी तपाईलाइ ३०% मार्जिन दिनुपर्ने ? अनि साना ठूला उत्पादक÷सप्लाएरले तिम्रो मार्टभरिदिनुपर्ने उधारोमा ? अनि अयलतचबअत मा महिना भित्र पैसा दिन्छौ भन्ने ? महिनामा पनि सामानको पैसा नदिने ? मलाइ यतिझुलायौ कि महिना पछि नाम नमिलाइकन बिराटनगर चेक पठायौ, इलाम देखि बिराटनगर सम्म एउटा चेक लिन गए तर नाम नमिलेकोअनि त्यो चेक सच्याउन काठमाडौ बोलायौ एक हप्ता पर्खाएर बल्ल चेक सच्यायौ इलामदेखि बिराट्नगर, काठमाडौ कुद्दा कुद्दैतिमीलाइ दिएको सामानबाट हुने नाफा घाटामा परिणत भयो त्यै भएर भाट्भटेनीलाई सामान दिन छोडे मैले तिमीहरु लुट्ने मात्र हौ तिमीलाइ थाहा सामान उत्पादन गर्न कति दुःख

यसरी मीनबहादुरले अथवा भाटभटेनीले ठगेको स्पष्ट लेख्दासमेत उनले मृतकको परिवारप्रति सामान्य सहानुभूति पनि जनाएनन् उल्टोआफू निर्दोश भएको बयान प्रहरीमा दिएको चर्चा गराए प्रहरीले पनि त्यसवेला औपचारिकतामात्र पूरा गरेको थियो तत्कालिनकाठमाडौं प्रहरी प्रमुख दानबहादुर कार्कीले नै मीनवहादुरलाई उच्च सम्मानका साथ बयान लिएको समाचार बाहिर आएको थियो अहिले उनै मीनहादुर आन्दोलनका बेला भएका घटनालाई अतिरञ्जना गरिरहेका छन् भटभटेनीमा आएका ग्राहकलाई भाटाले हानेकोभन्दै एउटा सुरक्षाकर्मीलाई सिमित पैसा दिएर करोडौंको बिज्ञापन गरिरहेका छन् लुटेरा भनेर पक्राउ परेकाहरुको बयानका आधारमापनि धेरैजसो भाटभटेनीका ग्राहक थिए सामान लिन स्टोर गएका बेला हुलदंगा भएपछि उनीहरुले हातमा भएका सामान बोकेरनिस्किएका थिए तर, भागवानरुपी आफ्ना ग्राहकलाई भाटा बर्षाउने लाई पुरस्कृत गरेर मीनबहादुरले असली चरित्र देखाएको बिश्लेषणहुन थालेको लुटपाट हुनु सही हो भन्न खोजिएको होईन तर, उनले जसरी यो घटनालाई बिज्ञापनको माध्यम बनाए त्यसले ग्राहकोअपमान गरेको पक्कै हो त्यसोत उनले पछिल्लो समय राज्यले मागे हरेक सम्पत्ति दिन तयार रहेको अभिब्यक्ति दिएकाप्रति एमालेजनऔधी खुशी भएको पनि सामाजिक सञ्जालमा देखिएका छन् उनको बिचारलाई आहा कति सुन्दर बिचार भनेर एमालेका माथिल्लैतहका नेताहरुले लेखेको देखिएको

 

उनले भनेका रहेछन् यदि सरकारले आह्वान गर्छ भने, आम नागरिकले पनि दिन्छ भने मेरो सम्पत्तिको ५०% देशको लागि दिन तयारछु देश धनी हुन्छ भने यो कोट पनि फुकालेर दिन तयार छु यतिसम्मको त्याग तपस्या लिएर हिँडेको छु हामीसँग यत्तिकोसम्भावना हुँदाहुँदै पनि देश गरिब हामी जहिले पनि नेगेटिभिटीमा नजाऔँ यो देश बिकास नहोस् भन्ने ÷ हजारको समूह त्यसले देशलाई बर्बाद गरेको यो देश सम्पन्न भए तपाईं पनि सम्पन्न हुनुहुन्छ मेरो एउटै मात्र उद्देश्य सम्पन्न देशको नागरिकभएर मर्न पाऊँ भनेर उनले राजनीतिक नेतृत्वप्रति नै कटाक्ष गरेका छन् , आफूलाई सञ्चा दानबीरको दर्जामा उभ्याएका छन्

 

यो सवै नाटकमात्र हो किनभने आफैलाई दोषी करार गर्दै शरिरमा आगो लगाउने एकजना किसानको छोरा मर्दा सामान्य सहानुभूतिनदेखाउने मीनबहादुरले नाफा नहुने ठाउँमा खर्च गर्छन् भनेर कसले पत्याउने होला ?

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।