संग्रह
–कृष्णमणि पराजुली
धादिङ।मानव जगतमा आमा जस्तो प्रिय लाग्ने चीज सायदै अरू कुनै होला । हामीले अनुभव गरेकै हो कुरा हो, बाटोमा हिँड्दा हामीलाईकेही सानो दुखाइ हुन गयो भने पनि त्यो दुखाइले आमाको सहयोग मागेको हुन्छ । कुनै नराम्रो घटना हाम्रो आँखाले देख्न पुग्यो भने पनिआमा भन्न त्यो दृश्यले बाध्य गराएकै हुन्छ । त्यसैगरी कुनै पनि असहज काम गर्नुपरेको बेलामा पनि आमालाई सम्झिएकै हुन्छाँै । त्योसम्झाइले हामीलाई आफ्नो कार्यसम्पादनमा हौसला मिलेको हुन्छ । अबोध बालक रुँदा पनि आमालाई सम्झी सम्झी रोएको हुन्छ ।यसरी हाम्रो जीवनमा आमाको महत्व अथाह भए पनि यदाकदा हामीले तदनुरूपको आचरण एवम् व्यवहार गरेका छैनौँ कि भन्नेतर्फएकचोटि सोच्नै पर्दछ ।
आमा भन्ने शब्द मानवदेखि जनावरसम्मलाई उत्तिकै प्रिय लाग्ने शब्द हो । बालक जन्मिएपछि जब उसको तोते बोली फुट्छ, सर्वप्रथमउसले उच्चारण गर्ने शब्द आमा नै हो । हामीलाई अकस्मात कुनै आपत आइपर्यो भने पनि फुत्त मुखबाट निस्कने शब्द आमा नै हो । कुनैसमस्या आइपरेको समयमा पनि लौन आमा के गर्ने भनी हामी आमालाई ठूलो ठूलो स्वरले चिच्याएकै हुन्छौं । कसैसँग कुनै झैझगडाभयो भने मेरी आमाले मलाई जन्माएकै हैन भनी ध्वांश दिने पनि गरेकै छौं । बालक कालमा कसैसँग झैझगडा हुँदा मेरी आमालाई ल्याउँछुभनेर ताकत पनि देखाएकै हुन्छौँ । यसरी हाम्रो दैनिक जीवनमा पनि आमालाई उच्च मान्यता दिइआएको पाइन्छ ।
यूनिश तामाङ भन्नुहुंछ,
आमा शब्द मानवसँग मात्र सम्बन्धित भएको हुँदैन । पशु तथा जनावरसँग पनि त्यत्तिकै सम्बन्ध रहेको हुन्छ । कुनै पशुले बच्चाजन्माएपछि केही समयको अन्तरालपछि नै आमालाई सङ्केत गरी बोलाएको हुन्छ । चराचुरुङ्गीले पनि बेला बेलामा च्याँ च्याँ गरीआमालाई नै बोलाएको हुन्छ । अन्य जीव जन्तुहरूले पनि आमालाई विभिन्न रूप र तरिकाबाट खोजेकै हुन्छन् । प्रथम सृष्टिकर्ता एवम्पहिले देखिन आउने वस्तु आमा भएको हुनाले यी दुईबीच प्रगाढ माया, ममता तथा स्नेह हुन गएको हो । आमा भन्ने शब्द यो संसारमासबैका लागि उत्तिकै प्रिय हुन पुगेको छ ।
विश्व इतिहासलाई अध्ययन गर्ने हो भने पनि ठूला ठूला साहित्यकारहरूले पनि आमालाई मुख्य स्थान दिइआएको पाइन्छ । विश्वकाचर्चित उपन्यासकार म्याक्सिम गोर्कीले पनि आफनो प्रसिद्ध उपन्यासको नाम नै ुआमा’ राख्न पुगे । केवल उनले नाम मात्र राखेनन् ।मुख्य पात्र नै आमालाई बनाइदिए र आमाको भूमिका क्रान्तिकारी बनाई दिए । यसले कारखानामा काम गर्ने सबैले उनलाई आमा भनीसम्बोधन गर्न थाले । क्रान्तिको विगुल फुकेर सबै मजदुरहरूलाई एकजुट हुन आह्वान गर्ने काम पनि तिनै आमाबाट सुरु भएको थियो ।
त्यस्तै गरी विश्व साहित्यमा नोबेल पुरस्कार बिजेता पर्लस् एस बकले लेखेको गुड अर्थ भन्ने उपन्यासमा पनि अनिकाल र भोकमरीलेआक्रान्त पारेको समयमा पनि बुढी आबोइले भविष्यको लागि बीउ लुकाएर जोगाइराखेको कथा निकै रोचक छ । पछि त्यही बीउलेखेतीपाती गरेर भोकमरीबाट जोगिन पुगेको कुरा निकै मार्मिक छ ।
दस बाह्र वर्षअघिको खबर हो, चीनको अमुक ठाउँमा पहिरो गएर आमा र काखको बालक पुरिए । पहिरो ठूलो भएकाले उद्धार कार्यसम्पन्न गराउन धेरै दिन लाग्यो । जमिन मुनि पुरिए पनि उनीहरू दुवै बाँची नै रहेका रहेछन् । अन्न, पानी केही नभएको हुँदा कसरीछोरालाई बचाउने भनी उनलाई चिन्ता पर्न थाल्यो । आफू मरेर पनि छोरालाई बचाउने उद्देश्यले आफ्नो स्तनको मुण्टोलाई टोकेर रगतनिकालेर छोरालाई बचाउन सफल भएकी थिइन् । हामी आफै कल्पना गरौँ, आमाको माया आफ्ना सन्तानप्रति कस्तो हुँदो रहेछ ।
अर्को एउटा घटना पनि मलाई यहाँ उल्लेख गर्न मन लाग्यो । कुनै नदीको किनारामा बस पल्टिँदा आफ्नो छोरालाई पाखामा फालेरआफूले मृत्युवरण गरेको र छोरालाई बचाएको घटनाले सबैको मन दुखेको हुँदो हो । गङ्गामाया र नन्दप्रसादको छोराप्रतिको बात्सल्यप्रेम कस्तो हुँदो रहेछ भन्नेत सबैलाई थाहा नै छ । नन्दप्रसादले त प्राणको आहुती नै दिए ।
आमाको माया कति अगाढ हँुदो रहेछ भन्ने कुरा भनी साध्य नै छैन । स्थलचर, जलचर सबैमा उत्तिकै हुँदो रहेछ । एउटा बाँदर्नीले आफ्नोमरेको छाउरोलाई पिठ्युँमा बोकेर हिँडिरहेकी हुन्छे । यसरी समातिरहन उसलाई गाह्रो पर्न थाल्यो र आफ्नो पेटमा एक हातले च्यापेरअर्को हातले टेक्दै हिँडिरहेकी हुन्छे । मरेको शरीर गह्रँुगो हुने हुँदा उसले बोकेर हिँड्न नसकेर सडकको एकान्त कुनामा मृत बच्चालाईएकोहोरो हेर्दै आँखाभरी आँशु भएको दृश्य यदा कदा देख्न पाइन्छ । यसरी एउटा बाँदर्नीले त आफ्नो सन्तानप्रति यति ठूलो मायादेखाउँछे भने हामी मानव प्राणीले देखाउनु त के ठूलो कुरो भयो र ?
अमाको माया कति र कस्तो हुन्छ भन्ने बारे माथिका केही प्रतिनिधिमूलक घटना मात्र हुन् । यस्ता अनगिन्ती घटना हाम्रो समाजमा भई नैरहेका छन् । हाम्रो धर्म, संस्कृति, शास्त्रमा पनि आमालाई महत्वपूर्ण स्थान दिइएको पाइन्छ । मातृ देवो भवस् पितृ देवो भवस् भन्नेप्रचलनले पनि आमालाई उच्च आदर एवम् सम्मान गर्नुपर्ने भाव झल्किएको छ । आजभोलिका कवि कवयत्रीका रचनाहरूमा पनि आमाबारेमा धेरै नै रचना भएका छन् । यी सबै सर्जकहरूलाई आमाप्रतिको प्रेम भएको कारणले नै होला ।
आमालाई घृणा गरेर वृद्धाश्रममा बेवारिसे अवस्थामा छोडेका र लाउन खान नदिएर विचल्लीमा पारेका घटना पनि नदेखिएका होइनन् ।यद्यपि सबै मानिसको भावना, विचार तथा व्यवहार एउटै हुँदैन । जेहोस् आमाले जति आफ्ना सन्तानलाई माया गर्छिन् सन्तानले निश्चयनै त्यति गरेका हुँदैनन् ।
नेपालको सन्दर्भमा भन्ने हो भने आमालाई आदर गर्ने चलन परापूर्व कालदेखि नै चलिआएको पाइन्छ । घरबाट टाढा जाँदा वा बाहिरबाटघर आउँदा आमालाई ढोग गरी आशीर्वाद लिने प्रचलन हामीहरूले मानी आएकै छौँ । यो प्रचलनले एकातिर आमा छोरामा आगाध मायाममता बस्न जान्छ भने व्यक्तिको आचरणमा पनि सुधार भएको हुन्छ । यसरी हाम्रो पूर्वीय दर्शनमा आमालाई उच्च स्थानमा राखी आएकानै छ ।
पहिले बाल्यकालमा आमाले दुःख कष्ट एवम् विभिन्न हण्डर खाएर आफ्ना सन्तानलाई हुर्काएकी हुन्छिन् । पछि आमा वृद्ध भएकोअवस्थामा छोराछोरीले पनि आमाले जस्तै माया तथा प्रेम गरून् भन्ने नै हाम्रो हिन्दु धर्मको मुख्य मर्म रहेको पाइन्छ । त्यसैले हाम्राधर्मशास्त्रमा पनि आमा बाबुको कर्तव्य र छोराछोरीले गर्नुपर्ने आचरणबारे उल्लेख भएको पाइन्छ । पश्चिमी संस्कारमा अशक्त आमाबाबुलाई घरमा राख्दा त्यति स्याहार सुधार नपुग्नेदेखि स्याहार सुसार केन्द्रमा लग्ने प्रचलन बढ्दै गएको छ भने नेपालमा भने सकभरआफ्नै घरमा राखेर हेरचाह गरिन्छ । बाध्यात्मक अवस्थामा मात्र आश्रममा लगिने गरिन्छ । यसरी नेपालमा मात्र हैन, अन्य देशहरूमा पनिआमालाई विशेष स्थान दिई आदर गरेको पाइन्छ ।
अन्त्यमा
जीवन र जगतमा आमाको माया अपरम्पार नै छ । जीवजन्तु तथा जनावरले समेत आफ्ना बच्चालाई कसरी माया गरेको हुन्छ भन्ने कुराहाम्रा आफ्नै आँखाले देखेकै छौँ भने हामी त विवेकशील मानव प्राणी हौँ, हाम्रो कर्तव्य नै हुन्छ, आमालाई माया गर्नु ।

Screenshot
अच्युत घुमिरे –लेख्नुहुंछ,
फेरि एक पटक मलाई आमा शब्दले बेस्सरी चिमोट्यो । आमा साँच्चै सर्वप्रिय शब्द रहेछ । संसारमा सबैभन्दा शक्तिशाली शब्द आमाहो । आमा श्रद्धाले भरिएको शब्द हो । आमाले जस्तो सन्तानको माया अरूले गर्न सक्दैनन् । मात्रामा धेरथोर हुन सक्छ, सन्तानको मायाबुवाले पनि उत्तिकै गर्छन् । आमाले जन्माएको, काखमा खेलाएको, स्तनपान गरेर हुुुर्काएका कारण केही बढी हुनु स्वाभाविक हो ।यही कारण सन्तानका लागि आमा साक्षात् देवी हुन् ।
भनिन्छ पति–पत्नी रथका दुई पाङ्ग्रा हुन् । यी दुई छन् र नै सृष्टि थामिएको छ । आमा पनि दुवैका छन् र ती दुवै आमाको महìव उत्ति नैछ । मलाई मेरी आमाले असाध्यै माया गर्नुहुन्थ्यो । म सम्झन्छु– आमाले गरेका गाली मेरै लागि थिए, म बिनाकाम बरालिँदा सिर्कानोलिएर खेदाएको मेरै लागि थिए । आमाका स्नेहिला हातले पकाएका खाना, बिरामी हुँदा काखमा राखेर फुल्याएका क्षण, सबै मेरा लागिनै थिए । आमाका गाली, आमाका आशीर्वाद सबै मायाले भरिएका हुन्छन् । आमाका जुनसुकै काममा छोराछोरीकोे सुख र शान्तिकोकामना जोडिएको हुन्छ । आमा साँच्चै ममताकी खानी हुन् । आमा मनमा छोराछोरीको माया भरिएको हुन्छ ।
म आमालाई कसरी बिर्सन सक्छु ? माटोसँग खेलेर, माटोमा बीज उमारेर प्राप्त भएको अन्न आमाकै परिश्रमका फल थिए । हामीलेसहरको सुखभोग त पछि गरेका हाँै । त्यो कृत्रिम सुखभोगभन्दा गाउँको प्राकृतिक दुःखमा नै अपार आनन्द हुन्छ । प्रायः हामी सबैकाआमा गाउँको दुःखजिलोमा छोराछोरीको खुसीका लागि बाँचेका हुन्थे । मेरी आमाको कोखबाट म मोरङको दक्षिणी भूभागहोक्लाबारीमा जन्मिएँ । आमा भन्नुहुन्थ्यो, “यही टेबलमुनि तँ जन्मिएको होस् ।” आमा नभएको भए म कहाँ जन्मिएको हुँ, कसरी थाहाहुन्थ्यो र ? मलाई सम्झना छ, टाँडे घर, माटाले लिपेकोे बेरा, पूर्वतिर बाहिरैबाट चढ्ने गरी बनाइएको सामान्य काठको भ–याङ, खरलेछाएको छानो, सामान्य ग्रामीण घर थियो हाम्रो । त्यस बेला मधेशमा घरले मान्छे कतिको धनी थियो भन्ने परिचय दिन्थ्यो । दुई अढाईबिघासम्म जग्गा हुनेका घर त्यस्ता हुन्थे । त्योभन्दा कम हुनेको भुइँघर हुन्थे । १०–१२ बिघा जग्गा हुनेका काठका, वरिपरि रेलिङ भएकामुन्डा घर र आँगनमा मन्दिर जस्तो आकारका भकारी हुन्थे । त्योभन्दा बढी हुनेका अझ भव्य घर र घर परिसर । जति धनी हुँदै गयो, त्यहीअनुसार मान्छेका घर हुन्थे । यिनै विविधतायुक्त कुराले गाउँ, गाउँ जस्ता लाग्थे । गाउँमा बस्नुको मज्जा नै अर्कै हुन्थ्यो । हाम्रो घरपश्चिम कोचिनी खोला थियो । सफा, कञ्चन पानी, हामी केटाकेटी पौडी खेलेर, माछा मारेर रमाउँथ्यौँ त्यहाँ । अलि माथि देवीथान रत्यसले चर्चेको फराकिलो चौर थियो । त्यहाँ हामी केटाकेटी ठुलाहरूसँगै गाईवस्तु हेर्न जान्थ्यौँ । ठुलाहरू हामी केटीकेटीलाई कुस्तीलडाएर रमाइलो साटासाट गर्थे । म सम्झन्छु, यस्ता अनेकौँ खुसी आमा हुनुहुन्थ्यो र मैले प्राप्त गरेको थिएँ । बुवाको खासै हामीप्रतिजिम्मेवारी थिएन । त्यस बेलाका प्रायः सबैका बुवा त्यस्तै हुन्थे । उनीहरूसँग पुरुष हुनुको दम्भ हुन्थ्यो । मेरो बुवा दिनभरि विद्यालयमारहनुहुन्थ्यो । राति अबेर घर फर्कनुहुन्थ्यो । बुवाको व्यक्तित्व कडा मिजासको थियो । बुवालाई देख्नासाथ गाउँलेहरू जुँगे हेडसर आयोभनेर डराएर घरमा लुक्थे । बिदाका दिन बुवा खाना खाएर दिउँसो २–३ घण्टा सुत्नुहुन्थ्यो । हामीले निद्रामा बाधा पु–यायौँ भने उहाँ लौरोलिएर कराउँदै आउनुहुन्थ्यो । हामी पनि उहाँले कराएको सुन्नासाथ डराएर खेतको पल्लो छेउमा लुक्न पुग्थ्यौँ । कहिले भकारीकोकुनातिर, कहिले खाटमुनि लुकेर बुवाले देख्नुहोला भनी लगलग कामेर बस्थ्याँै । त्यसैले सामीप्यता आमासित हुन्थ्यो । आमा काखमाराखेर अनेक कथा सुनाउनु हुन्थ्यो । बिरामी हुँदा ढाडमा बोकेर कहिले नहर पारि धामिकोमा, कहिले रञ्जनी स्वास्थ्य चौकीमापु¥याउनुहुन्थ्यो । म आमाको पछि लागेर साप्ताहिक रूपमा लाग्ने हाट बिर्निया र दोभानासम्म पुग्थेँ । गाउँमा हुर्किएका प्रत्येकछोराछोरीले यसरी आमाको माया पाएका हुन्छन् ।
हाम्रो घर आमाकै आँटले चलेको थियो र आमाको त्यो अथाह आँट देखेर गाउँलेहरू समेत छक्क पर्थे । एक जना बङ्गाली दाइ (२०–२२उमेरको व्यक्ति) हामीकहाँ सहयोगीका रूपमा बसेको मलाई सम्झना छ । उनी प्रत्येक वर्ष छ महिना बसेर खेतीको काम सघाउँथे ।
आमाका लागि म प्यारो थिएँ । प्रत्येक छोराछोरी आमाका लागि प्यारा हुन्छन् । आमाको मृत्युपछि मैले आफूलाई एक्लो महसुस गर्नथालेको थिएँ । यस्तो लाग्थ्यो, मलाई माया गर्ने कोही छैनन् । विवाहपछि त्यो अभाव मैले महसुस गर्नु परेन । जन्म नदिए पनि सम्बन्धलेयस्तो बनाइदिँदो रहेछ । सासूले पनि आमापछि आमाले जत्तिकै माया गर्दा रहेछन् । यति फरक हो, आमासँग जन्मदेखिकै नाता हुन्छ, त्यो त अरू कसैसँग तुलना योग्य नै हुँदैन । सासूआमा चाहिँ आमाको स्थानमा दोस्रो आमा हुन् । औपचारिकताका कुराले आमा जस्तोखुलेर मन साट्न नसके पनि व्यवहारले सासूआमाले खन्याएका मायाका भाव नबुझिने कुरै थिएन । मैले मेरी सासूआमामा विशाल हृदयदेखेको छु । बाँचुन्जेल उहाँले मप्रति सद्भाव खन्याइरहनुभयो । उहाँ पनि मलाई मेरी आमा जस्तै महान् लाग्थ्यो । म महसुस गर्थे, आमाभएर आमाको माया दिने दुई व्यक्ति हुँदा रहेछन्– आमा र सासूआमा ।
यी दुवै आमा हुन् । बाँचुन्जेल उनीहरू आमा भएर नै बाँच्छन् । सासूआमा ४–५ वर्षदेखि थलिनुभएको थियो । यी वर्ष उहाँलाईदेख्नासाथ म विगत सम्झन्थे, स्वास्थ्य स्वयंसेविका, टाँडी गाविस मोरङको वार्ड सदस्यका रूपमा उहाँ सव्रिmय भएका दिनहरू । घरमासासूआमाकै हैकम हुन्थ्यो, व्यवहार सबै उहाँको हातमा । ससुरा बुवा निरीह लाग्नुहुन्थ्यो उहाँको अगाडि । सासूआमा निडर, गाउँलेकोप्रिय पात्र हुनुहुन्थ्यो । समाजमा कुनै समस्या प¥यो, त्यसलाई सुल्झाइदिने न्यायमूर्ति हुनुहुन्थ्यो । मोरङको उत्तरी भेग महाभारत पर्वतशृङ्खलाको फेदी धोबेनी बजारमा सामाजिक अगुवा महिलाका रूपमा उहाँको परिचय थियो । त्यो सानो ठाउँमा सामाजिकअभियन्ताका रूपमा उहाँको भूमिका ठुलो थियो । त्यस्ती बघिनी जस्ती शक्तिशाली मान्छे थला परेपछि कमजोर बन्नुभयो । केही वर्षयता उहाँले हाँस्न बिर्सनुभएको थियो तर उहाँसँग आमाको विशाल हृदय भने अन्तिम अवस्थासम्म पनि थियो । म सम्झन्छु– मेरी आमापनि गाउँलेका लागि अति नै मनपराइने हुनुहुन्थ्यो तर सामाजिक योगदान चाहिँ उहाँको थिएन, सासूआमा चाहिँ घरभन्दा बढी समाजकालागि बाँच्नुभएको थियो । त्यो सानो ठाउँमा दुई दशकभन्दा बढी उहाँले गरेको सामाजिक योगदान त्यस ठाउँले सधैँ सम्झिरहने छ ।यसरी आमाहरूले फरक फरक भूमिकामा आफूलाई प्रस्तुत गरिरहेका हुन्छन् ।
अब मैले दुवै आमा गुमाएँ । यो सृष्टिको नियम नै हो । आमाको माया सधैँ प्राप्त हुँदैन, भइरहँदैन । आमाहरू सधैँ बाँचिरहँदैनन् तरजुन बेलासम्म आमाहरू बाँच्छन्, सन्तानका लागि बाँचेका हुन्छन्, आफू रित्तिएर सन्तानले सुखभोग गरेको हेर्न चाहन्छन् । त्यसैले आमाधर्ती हुन् । सारा बोझ आफूले बोकेर छोराछोरीको अनुहारमा मुस्कान भरिएको हेर्न चाहने आमा बाँचुन्जेल हामी पनि आमाकै लागिबाँचाँै । अहिले मसँग मेरी आमा हुनुहुन्न ।
आमा हुनुभएको भए आमाले गरेका कर्तव्य सम्झी म सारा माया आमामाथि खन्याउँथे । म जहाँ उभिएको छु, आखिर त्यसको आधारभूमिमेरी आमा नै हो । छोराछोरीले आमाको यो विशाल हृदयलाई कहाँ बिर्सन हुन्छ र ! आमा सन्तानका लागि भएभरको माया खन्याउनेममताकी सागर हुन्, आमा देश हुन् । आमा नभएको भए देश हुन्थ्यो र ?
आमा भएर नै मैले यो भूमि टेक्न पाएको छु, देशको परिचय बोकेर बाँच्न पाएको छु ।