धादिङ।धादिङको नीलकण्ठ नगरपालिका–९ निगालपानीका बृद्धमाथी घरमै खुकुरी प्रहार भएको छ ।
निगालपानीस्थित चिप्लिेटीका ८८ वर्षीय बृद्ध जगनाथ लम्सालमाथी आफ्नै दाईको छोरा (भतिजा) ६० वर्षीय बाबुकाजी लम्साललेखुकुरी हानेका हुन् ।
खुकुरी प्रहारबाट घाइते बृद्धलाई धादिङ अस्पतालमा प्राथमिक उपचारपछि हेलिकप्टर मार्फत काठमाडौंको टिचिङ अस्पताल लगिएकोछ ।
घाईते बृद्धको अनुहार र टाउको गम्भीर चोट लागेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक एवं् सूचना अधिकारीसुवास हमालले जानकारी दिए ।
बृद्धमाथी खुकुरी प्रहार गर्ने व्यक्ति घाइते बृद्धको आफ्नै दाईको छोरा हुन् । यसअघि आफ्नै श्रीमतीको हत्या गरी सात वर्ष कारागारसजाय भोगेर निस्किएका थिए । खुकुरी प्रहार गर्ने बाबुकाजीको श्रीमतीको बृद्धले नै काजक्रिया गरेका थिए ।
हत्या गरेको श्रीमतीको काजक्रिया गरेको भन्दै रिसाएका बाबुकाजीले हिडडुल समेत गर्न समेत नसक्ने वृद्धमाथी बसिरहेकै ठाउँमा गएरएक्कासी अनुहारमा धारिलो हतियार प्रयोग गरेको स्थानीयले बताएका छन् ।
रक्सीको नसामा रहेका काबुकाजीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।