राजवादीको आन्दोलनमा रक्सी चोरेको आरोपमा रास्वपा नेता डा. राई पक्राउ परेका छन्।

काठमाडौं। राजा फर्काउने हिंसात्मक आन्दोलनको क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्।काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका एकनेता पक्राउ परेका हुन्।

रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका संयाेजक  समेत रहेका डा. राजकुमार राई राप्रपाका नेताहरुसँग पक्राउ परेका हुन् प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो।

उनीमाथि भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेकोसमेत अभियोग लगाइएको छ। उनी यसअघि खोटाङमा नेपाली कांग्रेसका नेताथिए। पछि उनी रास्वपाको सक्रिय राजनीतिमा फर्किएका थिए। अमेरिकाबाट पिएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशकसमेतरहेको बताइएको छ।

दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाएपछि उनी पक्राउपरेको पत्ता लागेको थियो। खोटाङ रावाबेसी गाउँपालिका घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमतिलिइसकेको छ।

Screenshot

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।