२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

मेरो छोराछोरीलाई पनि म नमरेसम्म राजसंस्थाको विरोध नगर भन्छु-राप्रपा उपाध्यक्ष तामाङले भने ;

काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले आफू राजसंस्था हुनुपर्छ भन्ने माग मान्यता राख्ने व्यक्ति भएपनिसक्रिय राजसंस्थाको पक्षमा नरहेको बताएका छन्  उनले अहिलेको अवस्थामा सक्रिय राजसंस्था बोक्ने व्यक्ति शक्तिलाईबौलाहाको संज्ञा दिएका छन्

प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको शुक्रबारको बैठकमा राप्रपाका सांसद तामाङले २१ औँ शताब्दीमासक्रिय राजसंस्था खोज्नु सही नभएको बताए २०१७ सालपछिको राजसंस्था भनेको   तर यो २१ औँ शताब्दी हो  २०१७ सालकोजस्तो सक्रिय राजसंस्था बोक्ने बहुलाहा हो  त्यस्तो सम्भव छैन  नचाहिने कुरा हो  स्पष्ट रूपमा भन्छु,’ उनले भने 

आफू जिउँदो रहेसम्म मात्रै आफ्ना सन्तानलाई राजसंस्थाको विरोध नगर भन्ने पनि तामाङले बताए  राजसंस्था हुनुपर्छ भन्ने मान्छेहो  मेरो छोराछोरीलाई पनि नमरेसम्म राजसंस्थाको विरोध नगर भन्छु, मरेपछि जेसुकै गर्नु भन्छु,’ तामाङले भने 

पूर्वराजा ज्ञानेन्द्र शाहले दुर्गा प्रसाईंलाई जनकमाण्डर नतोकेको दाबी पनि तामाङले गरेका छन्  शाहसँग तस्बिर मात्रै खिचाएको जनकमाण्डर नतोकिएको तामाङको दाबी थियो 

तीनकुनेमा चैत १५ मा भएको घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्नुपर्ने पनि तामाङको भनाइ थियो  राज्यव्यवस्थासमितिको बैठकमा गृहमन्त्री रमेश लेखक, नेपाल प्रहरी सशस्त्र प्रहरीका महानिरीक्षक लगायतका अधिकारी सहभागी छन् 

तस्बिर : गोपाल दाहाल/रासस

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।