मायामा ‘फेल’ हुनेलाई ‘पास’ गराउने कोर्स दिल्लीमा

धादिङ।भारतको प्रतिष्ठित दिल्ली विश्वविद्यालयले विद्यार्थीहरूलाई प्रेम, सम्बन्ध र ब्रेकअप जस्ता भावनात्मक विषयमा पाठ सिकाउन एक नयाँ ऐच्छिक पाठ्यक्रम सुरु गरेको छ।
‘नेगोसिएटिङ इन्टिमेट रिलेसनसिप’ नाम दिइएको यो कोर्समार्फत विश्वविद्यालयले नयाँ पुस्तालाई सम्बन्ध कसरी व्यवस्थापन गर्ने, ब्रेकअपको पीडा कसरी झेल्ने र सम्बन्धमा रहेका ‘खतरनाक संकेत’ कसरी चिन्ने भनेर सिकाउनेछ।
मनोविज्ञान विभागले सञ्चालन गर्ने यो कोर्स सन् २०२३-२६ को शैक्षिक सत्रदेखि स्नातक तहका विद्यार्थीहरूका लागि उपलब्ध गराइएको हो। यसको मुख्य लक्ष्य आजको डिजिटल युगका युवाहरूलाई भावनात्मक रूपमा बलियो बनाउनु हो।
यो कोर्स चार क्रेडिटको हुनेछ। जसमा साप्ताहिक रूपमा तीनवटा लेक्चर र एउटा ट्युटोरियल कक्षा हुनेछ। यसको पढाउने तरिका परम्परागतभन्दा फरक र रोचक बनाइएको छ।
यो कोर्सलाई लिएर विद्यार्थीहरूमाझ मिश्रित प्रतिक्रिया देखिएको छ। केही विद्यार्थीले यसलाई आजको पुस्ताका लागि अत्यावश्यक ‘जीवनोपयोगी सीप’ भनेका छन्। उनीहरूका अनुसार डेटिङ एप्स र सामाजिक सञ्जालले जटिल बनाएको सम्बन्धलाई बुझ्न यो कोर्स सहयोगी हुनेछ।
अर्कातर्फ, केहीले भने यसलाई परीक्षा पास गर्नकै लागि पढिने अर्को विषय मात्र बन्ने र यसले अनावश्यक शैक्षिक दबाब थप्ने चिन्ता व्यक्त गरेका छन्।
तर, मनोवैज्ञानिक तथा सम्बन्ध विज्ञहरूले विश्वविद्यालयको यो कदमलाई ‘प्रगतिशील र आवश्यक’ भनेका छन्। एक विज्ञका अनुसार, ‘कलिलै उमेरमा सञ्चार, सीमा र भावनात्मक बुझाइ जस्ता कुरा सिकाउनुले स्वस्थ सम्बन्ध निर्माणमा मात्र नभई मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्छ।’

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।