धादिङ ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका अन्तर्गतका विद्यालयहरूले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा SEE मा उल्लेखनीय सफलता हासिल गरेका छन्। गाउँपालिकाभित्रका ५ वटा माध्यमिक विद्यालयबाट १५७ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए, जसमध्ये १४५ जनाले उत्तीर्ण गर्दै ९२.३६ प्रतिशत सफलता दर कायम गरेका छन्।
विद्यालयगत विवरणः
१. मंगलादेवी मा.विः
१९ जना परीक्षार्थी सहभागीमध्ये १६ जना उत्तीर्ण भई ८४.२१ प्रतिशत सफलता प्राप्त।
२.निरञ्जना मा.विः
४४ जना सहभागीमध्ये ४३ जना उत्तीर्ण भई ९७.७२ प्रतिशत नतिजा हासिल।
३.चौतारा मा.विः
१९ विद्यार्थी सहभागी भएमध्ये १८ जनाले परीक्षा उत्तीर्ण गरी ९४.७३ प्रतिशत सफलता दर देखिएको छ।
४. कुण्डलादेवी मा.विः
२८ जनामध्ये २५ जना उत्तीर्ण भई ८९.२९ प्रतिशत सफलता हासिल।
५.महेन्द्र बाराही मा.विः
सबैभन्दा धेरै ४७ जना सहभागी रहेको यस विद्यालयबाट ४३ जनाले परीक्षा उत्तीर्ण गरेका छन्। यसले ९१.४८ प्रतिशत सफलता दर देखाएको छ।
समग्र विवरणः
कुल १५७ जना परीक्षार्थीमध्ये १४५ जना उत्तीर्ण हुँदा गाउँपालिकाको समग्र उत्तीर्ण प्रतिशत ९२.३६ प्रतिशत रहेको छ।यो सफलता स्थानीय तह, विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीहरूको निरन्तर मेहनत तथा लगनशीलताको फलस्वरूप सम्भव भएको हो। यस उपलब्धिमा सम्पूर्ण विद्यार्थी, शिक्षक तथा सरोकारवालालाई नेत्रावती डबजोङ गाउँपालिकाले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेको छ।यस प्रकारको सकारात्मक नतिजाले आगामी दिनमा अझ राम्रो शिक्षात्मक वातावरण सिर्जना गर्न उत्प्रेरणा दिने विश्वास लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरेराम शाहको भनाई छ।