गण्डकीका मन्त्री स्वास्थ्य मन्त्री कृष्ण पाठकको आक्रोशः के हो बालेन भाइ तिम्रो पारा?

धादिङ।गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) प्रति आक्रोश पोखेकाछन्।

सामाजिक सञ्जालमा एक पोस्ट गर्दै मन्त्री पाठकले बालेनप्रति आक्रोश व्‍यक्त गरेका हुन‍्। उनले बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलक्षित गर्दै स्टाटस लेखेपछि पाठकले प्रतिरक्षा गरेका बुझ्न सकिन्छ।

बालेनले यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशाकीय अधिकृतलाई कारबाही गर्न नसकेको, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न समेत नदिएको आरोप मन्त्री पाठकले लगाएका छन्।

पाठकले सो आरोप लगाउँदै लेखेका छन्, ‘के हो बालेन भाइ तिम्रो पारा? हामी पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेका छौं। नियम, कानुन कार्यविधिभन्दा माथि कोही हुँदैन तिमी पनि छैनौ। चार भागको एक भाग पनि पुँजीगत खर्च गर्न नसक्नेका कुरै चर्का।तिम्राजस्ता चर्का कुरा अरूहरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख भाइ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।